स्वतन्त्रबाट भद्रपुरमा मेयरका प्रत्यासी भट्टराईको पहिलो उम्मेद्वारी दर्ता

  प्रकाशित मिति
४ असार २०७४, आईतवार ११:२२


 

durga-bhhattarai-(1)

 

भद्रपुर । भद्रपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गर्नेमा स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद भट्टराई पहिलो बनेका छन् ।

चन्द्रगढी गाविसमा एमालेका तर्फबाट पूर्व अध्यक्ष रहेका भट्टराईले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेबाट गाविस अध्यक्ष भइसकेका भट्टराई संविधानसभाको दोस्रो चुनावताका एमाले परित्याग गरी  स्वतन्त्र रहेका थिए । पछिल्लो समय उनी एमाले प्रति सकारात्मक थिए । तर, पार्टीले भद्रपुरका पूर्व उपमेयर जीवनकुमार श्रेष्ठलाई टिकट दिएको छ।

भट्टराईको मनोनयनपत्र दर्ता क्रमसंख्या १ नम्बरमा रहेको छ। साविकको महेशपुर, चन्द्रगढी र पृथ्वीनगर गाविस गाभेर भद्रपुर नगरपालिकामा बनाइएको छ । ६५ हजार ५४३ जनसङ्ख्या रहेको भद्रपुरमा ४२ हजार ५७ मतदाता छन् । भद्रपुरमा १० वडा छन् । जहाँ ५२ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: