स्वतन्त्र उम्मेद्वार बन्ने दुर्गाको घोषणा

  प्रकाशित मिति
२ असार २०७४, शुक्रबार ११:४६


durga-bhhattarai-(1)

चन्द्रगढी । साविक चन्द्रगढी गाउँ विकास समितिका पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराईले स्थानीय तहको चुनावमा भद्रपुर नगरपालिकाबाट मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

‘धेरै साथीभाइ र आम शुभचिन्तकहरुले तपाई मेयरमा उठ्नु पर्छ भन्नु भएपछि’, उनले जनचाहना बमोजिम नै उम्मेद्वारी दिन लागेको बताउँदै भने–‘मैले नाइँ भन्न सकिन, उहाँहरुको भावनको कदर गरेको छु ।’

भद्रपुरको चौतर्फी विकास र आम जनतालाई सामाजिक न्याय दिलाउने आफ्नो अभिष्ट रहेको बताउँदै उनले असार ४ गते उम्मेद्वारी दर्ता गरेपछि चुनाव चिन्हसहित मतदाताको घरदैलोमा जाने जानकारी दिए ।

२०४९ देखि २०५९ सालसम्म १० वर्ष उनी चन्द्रगढी गाउँ विकास समितिको अध्यक्ष थिए । त्यसबेला नेकपा एमालेबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

चन्द्रगढीको सामाजिक गतिविधिमा निकै सक्रिय रहँदै आएका उनी चन्द्रगढी सामुदायिक बनको विगत १९ वर्षदेखि लगातार निर्वाचित अध्यक्ष पदमा छन् भने चारआलीको सर्पदंश उपचार केन्द्रको सञ्चालक समितिको १४ वर्षदेखि अध्यक्ष छन् ।

पञ्चायतकालदेखि नै कम्युनिष्ट नेताको रुपमा परिचित उनी २०५४ सालमा नेकपा एमाले विभाजित भए पछि मालेतिर लागेका थिए । पछि दुबै पार्टी एकीकरण हुँदा उनी एमालेमा फर्केनन् । २०५८ सालमा उनले विज्ञप्ति नै जारी गरी स्वतन्त्र रहेको जनाएका थिए ।

पञ्चायतकालको २०४३ सालको चुनावमा समेत जनपक्षीय उम्मेद्वारको रुपमा चन्द्रगढीको प्रधानपञ्चमा उम्मेद्वार बनेका उनी गणतन्त्र स्थापनापछि भने राजनीतिक दलमा अटाउन नसकेर स्वतन्त्र उम्मेद्वारी दिने अवस्थामा पुग्नुलाई उनका धेरै शुभेच्छुकहरुले आश्चर्यका रुपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: