स्वबोधका दाता सम्मानित

  प्रकाशित मिति
२५ चैत्र २०७४, आईतवार ११:१५


धुलाबारी । दाताहरुकै सहयोगको भरमा चलिरहेको स्वबोध साधना केन्द्र मेचीनगर–९ को १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सो अवसरमा विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ । संस्थाले गौ दान गर्ने लक्ष्मीप्रसाद चापागाई, मेचीनगरका मेयर विमल आचार्य, नसुह प्रसाई, रुपा मारु, कविश मारु, पुनित वंशल, प्रदिप मित्तल, जगदिश मिण्डालाई सम्मान गरेको हो ।

त्यस्तै, मारवाडी महिला मञ्च धुलाबारी, बछलादेवी फाउन्डेसन बिर्तामोडसहित गरेर ३५ जना दातालाई सम्मान गरिएको छ । सम्मानित व्यक्ति तथा संस्थाहरुले विभिन्न समयमा स्वबोध साधना केन्द्रका बालबालिकालाई सहयोग गरेका थिए ।

संस्थाका अध्यक्ष बालकृष्ण थपलियाको सभापतित्वमा भएको कार्यव्रmमको प्रमुख अतिथिमा मेचीनगरका मेयर विमल आचार्य रहेका थिए । मेयर आचार्यले सो अवसरमा संस्था सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्ने बचन दिए । उनले स्वबोध संस्था साझा सम्पत्ति भएकाले यसको संरक्षण र रेखदेख गर्ने जिम्मा नगरपालिकाको भएको स्पष्ट पारे ।

कार्यव्रmममा मेचीनगरका उपमेयर मीना उप्रेती, मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ध्रुव कनाल, समाजसेवी नसुह प्रसाइँ, पुनित वंशललगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष गङ्गाराम भट्टराईले स्वागत गरेको कार्यव्रmमको सञ्चालन श्याम दनुवारले गरेका थिए ।

अनाथ, असहाय तथा अति विपन्न वर्गका बालबालिकालाई संरक्षणसहित निशुल्क पढाउँदै आएको सो संस्थामा हाल १७ जना पूर्ण आश्रित छन् । संस्था दाताहरुकै सहयोगका भरमा १८ वर्षदेखि मेचीनगरको मागुरमाडीमा सञ्चालित छ ।

२०५६ सालमा स्थापना भएको सो संस्थाले मासिक रुपमा मुठीदान सङ्कलन गर्दै आएको छ ।

सङ्कलित दानबाट आश्रममा रहेका बालबालिकालाई खाना खुवाइने गरेको सचिव केदार भट्टराईले बताए । उनका अनुसार हरेक महिना दाताहरुले जम्मा गरेको चामल ल्याएर नानीहरुलाई भात खुवाइने गरेको छ । संस्थाले मेचीनगरका करिब पाँचसय घरबाट स्वेच्छिक मुठीदान सङ्कलन गर्छ । ती घरहरुमा मुठीदानको घडा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: