स्ववियूमा नेविसंघको झण्डा फहराउने पहिलो उपसभापति महाधिवेशन सदस्यको उम्मेद्वार

  प्रकाशित मिति
३१ भाद्र २०७८, बिहीबार १०:१८


मेचीनगर, ३१ भदौ । मेची बहुमुखी क्याम्पसमा पहिलोपटक नेपाल विद्यार्थी संघको प्यानलै बिजयी हुँदा स्ववियूको उपसभापति भएका ज्यामिरगढीका राजकुमार कार्की यसपाली नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेका छन् ।

तीन दशक अघिदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका कार्की हाल मेचीनगर वडा नं. १५ निवासी हुन् ।

उनले पार्टीको आसन्न १४ औं महाधिवेशन क्रममा झापा क्षेत्र नं. १ को क्षेत्र क बाट प्रदेश महाधिवेशन प्रतिनिधि पदको उम्मेद्वारी घोषणा गरेका हुन् ।

पार्टीमा नयाँ उत्साह र रुपान्तरणको खाँचो औल्याउँदै आएका उनले २०४६ सालको जनआन्दोलनको समयमा नेबि संघ महेन्द्र मोरङ क्याम्पस इकाईको सचिव भई आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका थिए ।

तत्कालीन ज्यामिरगढी गाउँ कमिटीमा रही पार्टीको काम गरिसकेका कार्की २०४९ सालमा नेबि संघ झापा जिल्ला कार्य समितिको सचिव थिए । नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक व्यवसायी एसोसिएसन गठनको परिकल्पनाकार तथा संस्थापन भई कार्यसमितिमा रही काम गरेका उनले नेपाली काङ्ग्रेस झापा काठमाडौ सम्पर्क समितिका समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

मुलुकमा आमूल परिवर्तनका लागि कांग्रेसले अब पाँच दशकको विकासको खाका कोर्नुपर्ने धारणा व्यक्त गर्दै उनले कांग्रेसलाई बलियो बनाउन समयानुकूल, सक्षम र योग्य नेतृत्व चयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: