‘स्वाइन फ्लुको उपचार अब बीएन्डसीमै

  प्रकाशित मिति
२५ श्रावण २०७४, बुधबार २१:३४


विर्तामोड । हावाको माध्यमबाट समेत फैलिनसक्ने ‘स्वाइन फ्लुको उपचार अब झापाको वीएन्डसी हस्पिटलमै हुने भएको छ । सरकारी निकायसँग समन्वय गरी वीएन्डसी हस्पिटलले शुक्रवारदेखि ‘स्वाइन फ्लुको सम्पूर्ण उपचार गर्ने भएको हो ।

काठमाडौँको सीमित हस्पिटल बाहेक अन्यत्र यसको ल्यावटेस्ट र उपचारको व्यवस्था यस अघि थिएन ।  केही दिन अघि विर्तामोडका दुई व्यक्तिको ‘स्वाइन फ्लुकारण मृत्यु भएपछि सरकारले झापामा यसको सङ््क्रमण फैलिन नदिन प्रयास थालेको थियो ।

यही क्रममा चिकित्सकीय जनशक्ति, भौतिक पूर्वाधार र गुणस्तरीय ल्याव सुविधाका कारण सरकारले पूर्वमै पहिलोपल्ट वीएन्डसी हस्पिटललाई ‘स्वाइन फ््लु’को ल्यावटेस्ट र उपचार गर्न अनुमति दिएको हो ।

बुधवार हस्पिटलले पत्रकार सम्मेलन गरी बीएन्डसी ‘स्वाइन फ््लु’को सम्पूर्ण उपचारका लागि सक्षम रहेको जनाएको छ ।

‘२७ लाख मेची अञ्चलबासीलाई भरपर्दो स्वास्थ्य सेवा पुर््याउन तल्लीन रहेको वीएन्डसीले ‘स्वाइन फ््लु’को समेत उपचारका लागि पर्याप्त टीम परिचालन गरिसकेको छ’–पत्रकार सम्मेलनमा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने ।

हस्पिटलमा ‘स्वाइन फ््लु’को उपचारका लागि २ वटा आइसीयु कक्षसहित अलग्गै फ््लू वार्ड, अलग्गै ल्याव र अलग्गै चिकित्सकको टोली खटाउने कार्यकारी निर्देशक प्रसाई बताउँछन्् ।

नजिक सम्पर्कमा आउँदा, लुगा छुँदा र अन्य कारणले पनि ‘स्वाइन फ््लु’ सर्ने सम्भावना भएकाले हस्पिटलले उपचारका लागि अलग व्यवस्था मिलाएको हो ।
वीएन्डसीको एनेस्थेसिया विभागका डा. राजु श्रेष्ठले शुक्रवारदेखि ‘स्वाइन फ््लु’को जाँच र उपचार दुबै हुने बताए ।

हस्पिटलले ल्यावटेस्टका लागि भारतको दिल्लीबाट ‘किट’ र नेदरल्यान्डबाट प्रतिरोधात्मक ‘भ्याक्सिन’ झिकाएको वीएन्डसीको ‘स्वाइन फ््लु’ हेर्ने टोलीका प्रमुख डा. दिलीप साह बताउँछन्् ।

सँुगुरबाट मानिसमा सरेको कारण यस रोगलाई ‘स्वाइन फ््लु’ भनिएको उल्लेख गर्दै एचवान एनवान नामक भाइरसको सङ््क्रमणले यो रोग लाग्ने चिकित्सकहरु बताउँछन्् ।

झापामा ‘स्वाइन फ््लु’बाट थप ३ जनामा सङ््क्रमण भेटिएको बताइएको छ ।
जिल्ला जनस्वाथ्य कार्यालय झापा र स्वास्थ्य विभागबाट खटिएको प्राविधिक टोलीले वीएन्डसी हस्पिटलमा सुरु हुने ‘स्वाइन फ््लु’ उपचार कार्यमा सघाउने बताइएको छ ।
यदि कसैमा ‘स्वाइन फ््लु’ भेटिएमा उसको रगतको नमुना पुनः काठमाडौको केन्द्रीय प्रयोगशाला पठाएर भेरिफाई गरिने भएको छ । भेरिफाइका लागि सेम्पल पठाउन केन्द्रीय प्रयोगशालाको प्राविधिक टोली बीएन्डसीमै आएको छ ।
‘स्वाइन फ््लु’ लाग्नै नदिनका लागि भ्याक्सिनको विकास भइसके पनि यो निकै महङ््गो मात्र नभएर उपलब्ध हुनै मुस्किल छ । वीएन्डसीले यस्तो ३०० थान भ्याक्सिन नेदरल्यान्डबाट मगाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले सुविधासम्पन्न भएकाले ‘स्वाइन फ््लु’ उपचारका लागि वीएन्डसीलाई रोजिएको बताएका छन्् ।
‘स्वाइन फ््लु’ सम्बन्धी सचेतनाका लागि जनस्वास्थ्य कार्यालयले १० हजार पर्चा छापेर बाँडिरहेको पौडेलले जनाए ।
वीएन्डसीलाई ‘स्वाइन फ््लु’ उपचारको रेफरल सेन्टरको रुपमा उपयोग गरिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा आम्दा हस्पिटलका डा. मीरा खड््का र सुनिल कार्की लगायतको उपस्थिति रहेको थियो ।
………………………

डाक्टरको सल्लाह
‘स्वाइन फ््लु’ पनि ‘सिजनल फ््लु’ जस्तै हो, आत्तिनु पर्दैन ।
हिँडडुल गर्दा माक्स प्रयोग गरौँ । ‘एन नाइन्टी फाइभ’ माक्स सबैभन्दा उपयुक्त ।
डिस्टेन्ट राखेर कुराकानी गरौँ ।
सेभेन्टी पर्सेन्ट इथानोल भएको सेनेटाइजर प्रयोग गरौँ ।
कपडा एभ्री डे चेन्ज गरौँ ।
प्रिभेन्सनका लागि भ्याक्सिन लगाऔँ ।
‘स्वाइन फ््लु’को शङ््का लागेमा हस्पिटल जाऔँ ।
‘स्वाइन फ््लु’ नभनौँ, बरु ‘सिजनल फ््लु’ नै भनौँ ।
डा. दिलीप साह
बीएन्डसी हस्पिटल

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: