स्वास्थ्यलाभका लागि पूजापाठ

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार ०८:४८


top 1

शनिअर्जुन । ‘हेभनली पाथ’ नामक धार्मिक संस्थाले शनिअर्जुन–९ सालबारी निवासी मिर्गौला रोग पीडित दिलबहादुर राईको स्वास्थ्य लाभका लागि परमेश्वरसँग प्रार्थना गर्दै पूजापाठ गरेको छ ।

दुवै मिर्गौला खराब भएका दिलबहादुरकै घरमा मङ्गलबार विहान पुगेर ‘हेभनली पाथ’का अनुयायीहरूले घर शान्ति उभौली पूजा गरेका थिए भने सोही अवसरमा उपचारका लागि सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका राई लामो समयदेखि मिर्गौला रोगबाट पीडित छन् । विर्तामोडको विर्ता सिटी हस्पिटलमा उनको डायलासिस गरिदै आएको छ ।

‘हेभनली पाथ’ले स्वदेश र विदेशमा रहेका अनुयायीबाट सङ्कलित ४५ हजार ३ सय ८९ रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको संस्थाका एन्जल टोपराम राईले जानकारी दिए । सहयोग रकम उनकै पहलमा सङ्कलन भएको हो ।

आदिवासी जनजाति पत्रकार महासङ्घका निवर्तमान उपाध्यक्ष एवम् यलम्वर टाइम्स साप्ताहिकका सम्पादक दिपीन राई र हेभनली पाथका केन्द्रिय सदस्य एन्जल नरेन्द्रकुमार अधिकारीको हातबाट पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य एन्जल नरेन्द्रकुमार अधिकारी, पत्रकार दिपीन राई, जिल्ला उपाध्यक्ष एन्जल डिएस राई, एन्जल टोपराम राई आदिले हेभनली पाथका गतिविधिसँगै पीडित दिलबहादुरको स्वास्थ्य लाभको कामना गरेका थिए ।

मिर्गौला रोगबाट पीडित ४० वर्षीय दिलबहादुरका एक छोरा साहिल र पत्नी शोभा राई रहेका छन् ।

मिर्गौला रोगबाट पीडित दिलबहादुरको स्वास्थ्य लाभका लागि हेभनली पाथका गुरु तथा अनुयायी मङ्गलवार विहान उनको निवास पुगेका थिए । त्यहाँ विशेष मण्डप बनाएर गुरुहरूले विधिपूर्वक पूजापाठ गरी विरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएका कारण आफ्ना पतिको उपचार गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै दिलबहादुरकी पत्नी शोभा राईले सहयोगका लागि सबैसँग याचना गरेकी छन् ।

हेभनली पाथले मलेसियाबाट सङ्कलन भएको २९ हजार ७ सय ४ रुपैयाँ समेत गरी एकमुष्ट रुपमा ४५ हजार ३ सय ८९ रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: