धुलाबारी । द गोर्खा मेमोरियल फाउन्डेसन नेपाललाई भारतीय सरकारबाट प्राप्त एम्बुलेन्स मेचीनगरको प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
बेलायतस्थित फक्सटाउनका पूर्व काउन्सिलर धन किरण गुरुङको अगुवाईमा स्थापित फाउन्डेसनले आज एक समारोहविच मेचीनगर नगरपालिकाको रोहवरमा सो एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
एम्बुलेन्स हस्तान्तरण अवसरमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, फाउन्डेसनका अध्यक्ष नगेन्द्र गुरुङ, धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. एलिजा गौतम लगायतको उपस्थिति रहेको थियो ।
फाउन्डेसनले मेचीनगर नगरपालिकालाई र नगरपालिकाले धुलावारी स्वास्थ्य केन्द्रलाई सो एम्बुलेन्सको चावी हस्तान्तरण गरेका छन् ।…