स्वास्थ्य क्षेत्रमा खेलबाड नगर्न आग्रह

  प्रकाशित मिति
२१ आश्विन २०७३, शुक्रबार २०:०६


dscn1626

ज्यामिरगढी । स्वास्थ्य मन्त्री गगन थापाले जनताको स्वास्थ्यमा कसैले खेलवाड गर्न नपाइने बताएका छन् ।

ज्यामिरगढी गाविसमा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन तथा पूर्ण खोपमुक्त गाविसको शुव्रmवार उद्घाटन गर्दै मन्त्र िथापाले यस्तो बताएका हुन् ।

मन्त्री थापाले विकास निर्माणका नाममा नेपालीको जनस्वास्थ्यमा असर पर्ने किसिमले काम गर्न नहुने बताए । ‘गरिबीका कारण कुनै नेपालीले पनि अकालमा ज्यान गुमाउनु नपरोस्,’ काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता थापाले भने– ‘सरकारबाट सञ्चालन भएका अञ्चल अस्पतालमा सबै सेवा सुविधा पाउनु पर्छ । पैसाकै कारण कसैले ज्यान गुमाउनु नपरोस् । त्यसका लागि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विमा कार्यव्रmम ल्याएको छ । जुन अहिले ५ वटा जिल्लामा लागू गरिएको छ ।’

मन्त्री थापाले जुन अस्पतालले राम्रो सेवा सुविधा दिन्छ, त्यसलाई हामी सक्दो सहयोग गर्ने बताए । मन्त्री थापाले अढाई वर्षभित्रमा नै निर्माण भएको उक्त स्वास्थ्य चौकी नेपालको इतिहासमा नै छिटो गरी काम सम्पन्न भएकोमा प्रशंसा गरे । उनले आफ्नो दायित्व भनेको नै स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनु रहेको बताए ।

सहरी विकास मन्त्रालयको १ करोड ३४ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण भएको उक्त स्वास्थ्य चौकी ३ तलाको ९ कोठे रहेको छ । धुलावारीका समाजसेवी खड्गबुबाका नाति युवा नेताद्वय नरेन्द्रकुमार खड्का र कल्याण खड्काले स्वर्गीय बुबा मीनबहादुर खड्काको स्मृतिमा ५ कठ्ठा, राजन राउत र कुलप्रसाद श्रेष्ठले दिएको एक÷एक कठ्ठा जगामा निर्माण भएको उक्त भवनको शिलान्यास दाताद्वयका माता जानुकादेवी खड्काले गरेकी थिइन् ।

उक्त भवनको मन्त्री थापाले उद्घाटन गरेका हुन् । साथै, ज्यामिरगढी गाविसलाई पूर्ण खोपमूक्त गाविस समेत घोषणा गरिएको छ ।

कार्यव्रmममा धुलावारी स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा र स्वास्थ्य चौकीका इन्द्र अर्यालले मन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए । यसैगरी, ज्यामिरगढी गाविसमा सञ्चालन भएको उक्त स्वास्थ्य चौकीमा आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउन माग गर्दै गाविसको तर्फबाट तयार गरिएको ज्ञापनपत्र समेत नेता तारावीर कटुवालले मन्त्री थापालाई बुझाएका थिए ।

सोही अवसरमा जग्गादाता नरेन्द्रकुमार खड्का, राजन राउत, कुलप्रसाद श्रेष्ठ, निर्माण कार्यमा सहयोग गर्ने विभिन्न दाता तथा स्वास्थ्य स्वयम्सेवीकालाई सम्मान गरिएको थियो ।
कार्यव्रmममा सांसद सुधीरकुमार सिवाकोटी, अमृतलाल राजवंशी, मोहन टुडु, नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्धव थापा, जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, महाधिवेशन प्रतिनिधि तारावीर कटुवाल, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, स्थानीय विकास अधिकारी खेमराज ओझालगायतको सहभागिता रहेको थियो ।

कार्यव्रmमको अध्यक्षता भवन निर्माण समितिका अध्यक्ष तथा गाविस सचिव रुद्र तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: