स्वास्थ्य चौकीमा खानेपानी अभाव

  प्रकाशित मिति
२४ जेष्ठ २०७३, सोमबार १३:०७


खुदुनाबारी । खुदुनाबारीको स्वास्थ्य चौकीमा खानेपानीको अभाव देखा परेको छ । स्थानीय बेलटार खानेपानीले पर्याप्त खानेपानी स्वास्थ्य चौकीलाई पु¥याउने व्यवस्थापन नगरेको कारण खानेपानीको अभाव देखा परेको हो ।

खानेपानीको अभाव भएपछि प्रसृति गराउन समस्या हुने स्वास्थ्य चौकीका इन्चार्ज मिश्रीलाल शर्माले बताए । सो स्वास्थ्य चौकीमा १० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।

यता खुदुनाबारी बजार क्षेत्रमा पनि खानेपानीको अभाव टड्कारो रुपमा देखा परेको छ । पिउने पानीको अभाव भएपछि करिब आधा घण्टा हिंडेर कवैधाराबाट पानी ल्याउन बाध्य भएको स्थानीयबासी बताउँछन् । बेलटार खानेपानी उपभोक्ता समितिले खानेपानीको उचित संरक्षण,सम्बर्दधन र प्रवर्धन गर्ने नसकेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: