मेचीनगर, १६ कार्तिक । काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडाले कोरोना जितेका छन् ।
गत असोज २८ गते कोरोना संक्रमण पुष्टि भएपछि मेचीनगर ९ निवासी खतिवडा होम आइसोलेसनमा बसेका थिए ।
आज उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । आजै उनको जन्मदिन पनि हो ।
उच्च मनोवल बनाउन परिवारजन र साथीभाइको हौसला महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अब हौसला र जाँगरका साथ आफ्नो कार्यक्षेत्रमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।