स्वास्थ्य महोत्सवको अपेक्षा

  प्रकाशित मिति
२२ पुष २०७३, शुक्रबार १३:४७


15781439_126994501131889_2501652358484110387_nअहिले मेचीनगरमा चर्चाको विषय बनेको छ, ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ । २०७३ माघ ८ गतेदेखि १४ गतेसम्म हुन गइरहेको छ । अनि चर्चामै छन् धाइजन, शान्तिनगर, बाहुनडूागी, ज्यामिरगढी आदिमा भइरहेका स्वास्थ्य शिविरहरु । स्वास्थ्य भन्नाले शारीरिक, मानसिक र सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । जीवनका लागि स्वास्थ्य पहिलो शर्त हो । विकसित देशहरुमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आवश्यकताहरु राज्यले आÏनो दायित्व सोचेको हुन्छ । तर, हाम्रो जस्तो विकासशील र अविकसित देशहरुमा व्यक्तिले पैसा जुटाउन सकेन भने अपरेसन कक्षमा पु¥याइएका बिरामी पनि फिर्ता गरिन्छ । रोग लाग्दा पैसा भएन भने अकालमै पनि मर्नुपर्ने बाध्यता छ हाम्रो । अझ गहिरो तितोसत्य भन्नै पर्छ कि हाम्रा हरेक घर–घरमा ऐया–आथा छ । तर, हामी खप्न सकिञ्जेल स्वास्थ्य परीक्षण नै गराउूदैनौँ । जब गराउँछौँ समस्या विकराल भइसक्छ । समयमा नै स्वास्थ्य परीक्षण नगराउने थुप्रै कारण होलान् । डर, अज्ञानता, आर्थिक अभाव, स्वास्थ्य संस्थाको अभाव, डाक्टरको अभाव आदि । यी सबै अवस्थाको सन्दर्भमा हेर्दा स्वास्थ्य महोत्सव हाम्रा लागि खुसीका खबरहरु लिएर आएको मान्न सकिन्छ ।

म व्यवस्था परिवर्तनका दिनहरु सम्झन्छु, हामी रुखको रुखै बोकेर हिँड्थ्याँै, नाङ्लामा चिन्ह बनाएर हिड्थ्यौँ । खाई नखाई हिँड्थ्यौँ । यो दौरानमा धेरैले दुःख पनि भोगेका छन् । सहिद भएका छन् । ती दिनहरुमा उभिएर अगाडि हेर्दा हामी आजका दिनलाई विकसित, समृद्ध र सुखी दिनका रुपमा देख्थ्यौँ । त्यो दिनका सङ्घर्षहरुले केही नै गरेन त भन्न सकिँदैन । तर, जनताले आÏनो दैनिक दिनचर्यामा त्यस परिवर्तन पछिको सुख अनुभूत गर्न पाएका छैनन् । राजनीतिक चेतनाले नेपाली जनता पटक–पटक सडकमा उत्रिए । तमाम नेपालीको दुखको मुक्तिका खातिर छातीमा गोली थाप्न तयार भए । त्यसबेला जनताका सुखदुःख र राजनीतिसूगै थिए । त्यसैले जनताले राजनीतिलाई साथ दिए । तर, आज राजनीति जनताका नाममा छ तर जनतासूग छैन । दिनदिनै नकारात्मक समाचार सुन्दासुन्दा जनता हैरान छन् । अहिले राजनीति दलीय स्वार्थमा सीमित छ । यो अवस्थामा पनि नेपाली जनता आफूले दुःख गरेर ल्याएको दलीय व्यवस्थाको विकल्प होइन, दलहरुका दलीय स्वार्थभन्दा माथिका वैकल्पिक सोचहरुको प्रतिक्षामा छन् । त्यसैले दलीय स्वार्थभन्दा अलग सेवा भावले प्रेरित भएर नेपाली काङ्गे्रेसले झापा क्षेत्र नं.१ का विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा नेपालमै पहिलो पटक स्वास्थ्य महोत्सवमार्फत् जनताका साथमा हिँड्ने कोसिस गर्दैछ । नेपालकै पहिलो भनिएको यस महोत्सवमा डाक्टर र औषधिका अलवा स्वास्थ्य जीवनका लागि स्वास्थ्य सम्बन्धी बहस, नाटक, हाजिरीजवाफ, विद्यार्थीका लागि रक्त समूह परीक्षण, खेलकुद जस्ता विविध कार्यव्रmमहरु हुने भएकाले महोत्सव रोमाञ्चक र फलदायी दुवै हुनेमा विश्वस्त हुन सकिन्छ ।

यस स्वास्थ्य महोत्सवको तयारीको अवसरमा मैले पनि केही कार्यक्रमहरुमा भाग लिने अवसर प्राप्त गरँे । धाइजनको एकदिने स्वास्थ्य शिविरमा गाउँका अरु साथीहरुसूगै ठमठमी हिँडेर आएकी धाइजनकी शुभद्रा मगरको पाठेघरमा क्यान्सरको सङ्क्रमण भेटियो । परीक्षण पछि थाहा भयो क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको रहेछ । यो रिपोर्ट आएपछि डा.पप्पु रिजालले भरतपुर क्यान्सर अस्पताल तुरुन्त रेफर गर्नुभयो । डाक्टरका अनुसार यो व्रmोनिक भइसकेको र समयमा उपचार नपाएको भए अब लगभग २ महिना मात्र बाूच्न सक्ने सुभद्रालाई थप उपचार पछि १५–२० वर्ष बचाउन सकिन्छ । कार्यक्रम आयोजकको पहलमा अहिले सुभद्राको उपचार भरतपुर क्यान्सर अस्पतालमा निःशुल्क भइरहेको बुझिएको छ । यसरी पुनर्जन्म हुूदैछ सुभद्राको । टुहुरा हुनै लागेका सन्तानले आमाको शितल छहारी पाउने भए केही वर्षसम्म । यस्तै संवेदनशील, मध्यम र सामान्य धेरैखाले बिरामीले स्वास्थ्य शिविरको सेवा प्राप्त गरे । अब स्वास्थ्य महोत्सवको सात दिनमा पनि अधिकतम् सेवा लिन÷दिन भएको समाचार सुन्न पाइयोस् ।

सुभद्रा एक सत्यपात्र हुन् । उनी जस्तै रोगले ग्रस्त भएर पनि थाहै नपाई बसिरहेका अनेक अरु कति सुभद्राहरु होलान् हाम्रो समाजमा । अनेकौँ कारणले अरुबेला निकै सा¥हो नपारी स्वास्थ्य परीक्षण गर्न गइँदैन । तर, यसपटक कैयौँ सुविधा लिएर स्वास्थ्य महोत्सव हाम्रो नजिकै निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने शर्तमा आइदिएको छ । यस मौकामा कम्तिमा रोग लागेको छैन भनेर नबसाँै । बरु रोग लागेको पो छ कि भनेर सबैले स्वास्थ्य परीक्षण गराऔँ । साथै छरछिमेक, आफन्तमा यो खवर पनि पु¥याऔँ । कतै हामीले दिएको सानो सूचनाले कसैको जीवनका लागि ठूलो सहयोग पुग्न सक्छ ।

यस अभियानको दौरानमा विभिन्न कार्यक्रममा सहभागी भइरहँदा मैले महसुस गरेको कुरा के हो भने शिक्षकहरुको घनिष्टता शिक्षकसूग नै बढी हुँदो रहेछ । त्यस्तै डाक्टरहरुको डाक्टरसूगै, किसानको किसानसूगै । आ–आÏनो पेसाले, कामको एकरुपताले, निरन्तरको भेटघाटले आ–आÏनै समूहमा हामी बढी रुज्दा भिज्दा रहेछाँै । तर, राजनीतिक व्यक्तिहरुको सबै पेसा, वर्ग, धर्म, लिङ्ग, वर्णका मान्छेहरुसूग समान सम्पर्कमा रहेका हुूदा रहेछन् । त्यसैले राजनीतिक व्यक्तिहरुलाई ती विभिन्न खाले मान्छेहरु बिच सम्पर्क गराएर आपसी हित बढाउन सहज हुँदोरहेछ । यो महोत्सव पनि सेवा गर्न चाहने डाक्टर, हस्पिटल, औषधि व्यवसायी, अन्य सङ्घसस्था र सेवा लिन चाहने बिरामीहरुको सङ्गम हो । जहाँ केही सेवा दिन पाएर र केही सेवा लिन पाएर खुसी प्राप्त गर्दछन् । यो सङ्गम जुराउने आयोजकलाई लाखाँै लाख धन्यवाद ।

हुन त चन्द्रमामा पनि नकारात्मक दृष्टिले हेरियो भने काला धब्बाहरु देखिन्छन् । चन्द्रमालाई शान्ति, उज्यालो र शितलता दिने चन्द्रमा भनेरै बुझ्नु पर्छ, कालो धब्बा भनेर होइन । त्यस्तै यस स्वास्थ्य महोत्सवलाई पनि स्वास्थ्य महोत्सव नै भनेर बुझ्नु पर्छ । यसलाई फोहोरी खेल र राजनीतिक चलखेल भनेर बुझ्नु त्यही बुझ्नेकै स्वास्थ्यको लागि हानिकारक हुनेछ । अब अर्को पार्टीलाई गाली गरेर ताली पाउने दिन गए । अहिले जनता आफैँ ठिक÷बेठिक छुट्याउन सक्ने भएका छन् । नेपाली काङ्ग्रेसले मेचीनगरमा एउटा राम्रो कार्यक्रम ल्याएर जनताको मन जित्दैछ । जस्तो अर्को कुनै राजनीतिक दललाई लागेको छ भने त्यस राजनीतिक दलले अझ मन जित्ने कार्यक्रम ल्याउनु पर्छ । अबको दलहरुको आपसी प्रतिस्पर्धा अर्को दललाई गालीगलौज गर्नमा होइन, अर्कोलाई राम्रो भनेर आफू झन् राम्रो सावित हुन कोसिस गर्ने हुनुपर्दछ । नेपाली जनताले अनि मात्र आफूले विश्वास गरेको दलीय राजनीतिमा गर्व गर्न पाउने छन् । सबै दलहरुले जनताको मन जित्ने कोसिस सुरु गरेमा देश विकास हुनमा पनि समय लाग्ने छैन ।

यस महोत्सवले प्रदान गर्ने स्वास्थ्य सेवा गाउँ–गाउँका गरिब, सोझा, निमुखा सबैले प्राप्त गर्न सकून् । सबै रानीतिक दल, सङ्घसंस्था तथा व्यक्तिहरुले यसलाई आÏनै कार्यक्रम सोच्ने र सहभागी हुने वातावरण बनोस् । मेचीनगर–६, झापा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: