स्वास्थ्य महोत्सव र हाम्रो कार्यभार

  प्रकाशित मिति
२४ पुष २०७३, आईतवार ११:२४


राजनीतिमा होमिएको एउटा पुस्ता अझै आम मान्छेहरुको आशाको गीत गाइरहेको छ । विचार, चिन्तन र कर्ममा खरो यो जमात ओझेलजस्तो परेपनि निकट भविष्यमा यसले जनअपेक्षाको गीतलाई निरन्तर रुपमा गाइनै रह्यो भने यो हुलले समृद्धिको विहान पक्कै पनि बोलाउँछ भन्दा आग्रह पूर्वाग्रह नहोला ।
शव्द जोडन्तीको आरम्भमै भन्नुपर्दा भीमकाय भाषण र नाराबाजीभन्दा झिना मसिना समाजोन्नतिकै कामले जनमन जित्नु नै सफल राजनीतिको जाँचपास मान्न सकिन्छ । अहिले पूर्वी नेपालको पूर्वेली नगरकै सकारात्मक चिन्तन वोकेका राजनीतिमा हेलिएका युवापुस्ताले जन्माएको सुकर्मको थालनी भएको छ “स्वास्थ्य महोत्सव” राम्रो जसले गरोस् त्यो राम्रो हो अनि हाम्रो हो । उत्ताउलो र उखरमाउलो वेतुकको भाषणले जनता आजित बनेको बेलामा मेचीनगरको पावन भूमिमा स्निग्ध सोचले आयोजना गर्न लागिएको यो पवित्र कार्यका सिङ्गो आयोजक परिवार धन्यवादको भागिदार छ ।

सुने अनुसार नै भन्नुपर्छ, मेचीनगरमा हुन गइरहेको स्वास्थ्य महोत्सवको परिकल्पना र आयोजना यसै क्षेत्रको राजनीतिमा होमिएको एउटा पार्टी पङ्क्तिकै युवापुस्ताले ल्याएको जनहितकै काम हो । आयोजकहरुको अनुहार र पहिचान काङ्ग्रेस नै, उनीहरु काङ्ग्रेसमात्रै होइनन् वीपी पथका कट्टर अनुयायीहरु पनि हुन् तर यो भन्दा धेरै त उनीहरु मान्छे हुन् । मान्छे हुनुको पक्का परिचय त्यही नै हुन्छ होला उसले अरुलाई पनि मान्छे नै देख्छ र मान्छे हुनुको अर्थबोध गर्छ । उनीहरु काङ्ग्रेसभन्दा पनि यो समाजका मान्छे भएकाले नै भन्नुपर्छ आम मान्छेका लागि भनेर यो आफैमा मानव कल्याणकारी कर्मको आयोजना गर्दैछन् ।
जव राजनीति यी र यस्ता मानवहितका काममा अग्रसर वन्छ राजनीति जनहितका प्रत्यक्ष कार्यमा आफूलाई सग्लो उभ्याउँछ । त्यसका कर्ताहरु भलै चुनावमा हार्लन् तर उनीहरुले जनताको मन जित्छन् । दर्जन चुनावमा जित्नु र एउटा सुकाममा जनमन जित्नु भलै एउटा समयावधिमा त्यो चुनावीपथको चर्चा होला तर जनमन जित्ने राजनीतिकर्मी नै सदावहार छाइनै रहन्छ । र जनताको मन जित्नु भनेको चुनाव जितेजस्तो सजिलो हुँदैन । एकपटक मन जितेपछि कहिल्यै हार हुँदैन । जसले जेसुकै अर्थमा बुझे पनि स्वास्थ्य महोत्सवका आयोजकले सतोशत जनताको मन जित्ने छन् ।

हुन त यहाँ हरेक बस्तुलाई एउटा न एउटा पार्टीरङ्ग नलगाइ सुखै छैन । अव त मलामी र न्वारनमा पनि पार्टी प्रतिनिधि विना हुँदैन होला जस्तो लाग्छ । शिक्षादेखि भिक्षासम्म नै दलको दवदवा चलेको छ । कतै जनस्वास्थ्यमा पनि यसको तुष पस्दैन होला भन्न सकिन्न । तर मलाई लाग्छ यो कार्य विशुद्ध गैह्र राजनीतिक सोचको हो । र यसमा मानवीय पक्षको भरपूर उपस्थिति छ ।

ङ्ग्रेसले पनि हाम्रो भन्न मिल्दैन र अरुले पनि काङ्ग्रेसले आयोजना गरेको भन्दैमा काङ्ग्रेसको कार्यक्रम भन्नु हुँदैन । कसले ग¥यो भन्दा पनि के ग¥यो र कसका लागि ग¥यो ? भनेर निष्कपट मनले मन्थन गर्नु राम्रो हुन्छ ।

वाहिर आए अनुसार यो स्वास्थ्य महोत्सवका परिकल्पनाकार विश्वप्रकाश शर्मा र आयोजक प्रमुखको भूमिकामा इन्द्रवहादुर बुढाथोकी देखिएका छन् । तर स्वास्थ्य महोत्सवसँग काङ्ग्रेस विश्वप्रकाश र काङ्ग्रेस इन्द्रवहादुर जोडने विषयलाई म पटक्कै सहमत हुन सक्दिन । हो, विश्वप्रकाश र इन्द्रवहादुर नेपाली काङ्ग्रेसका कट्टर वीपीवादी पक्षधर हुन् । उनीहरु नेपाली काङ्ग्रेसको जुन नीति र सिद्धान्त हो, त्यसका घनघोरका पक्षपाती नेता कार्यकर्ता हुन् । उनीहरुकै निष्कलङ्क राजनीतिक पहिचानका कारण यो महोत्सवले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ यस मानेमा म सहमत छु । तर यो स्वास्थ्य महोत्सव गरेर विश्वप्रकाश शर्माले मन्त्री र इन्द्रवहादुर बुढाथोकीले मेयर बन्ने दाउ रच्छन् जस्तो भ्रम मसँग त किन पो हुन्थ्यो र बाँकी कसैमा छ भने त्यो पनि भ्रम नै हो ।

वर्तमानको हाम्रो समाज त्यति धेरै राजनीतिले गिजोलिएको छ कि समाजका हरेक तह र तप्कामा यो लिसो बनेको छ । समाजमा व्याप्त राजनीतिको अनावश्यक मिचाह उपस्थितिले पनि हामीलाई हरेक शीर्षकहरु राजनीतिकै चश्माले हेर्न वाध्य पारेको छ । यो भ्रम हट्न अझ केही समय लाग्छ । हामी र हाम्रो समाजलाई फेरि पनि भोलिका दिनमा आयोजक अनुहारका विचार, सिद्धान्त जे जस्ता होलान् तर स्वास्थ्य महोत्सवको उद्देश्य पवित्र छ ।

दर्जनौं सभा र जुलुस भन्दा यो आम जनताका लागि हितकारी छ । धेरै सपना बाँढ्ने घोषणा पत्रभन्दा कैयन् गुणा लाभकारी छ । पूर्वी नेपालको पूर्वी नगरमा आयोजना हुन गइरहेको यो महोत्सवले राजनीतिसँग जनताको सम्वन्धलाई नयाँ शिराबाट परिभाषित गरेको छ । नयाँ पुस्ताको राजनीतिको नयाँ सोचको नमूनाको विम्वको प्रतिनिधित्व गर्दैछ । यसको परिकल्पना हामीले गरेको हो, आयोजक पनि हामी नै हौं, ‘हाम्रो महोत्सव, हाम्रो स्वास्थ्य, हामी स्वास्थ्य समृद्ध राष्ट्र’ भन्ने उत्साह उमङ्ग र उपस्थितिका साथ यसलाई सफलताको चुचुरोसम्म पु¥याउने काम अव हाम्रै काँधमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: