स्वास्थ्य विमा बुझाउन वडामै कार्यक्रम

  प्रकाशित मिति
२२ असार २०७५, शुक्रबार १०:०२


मेचीनगर । सरकारले लागू गरेको स्वास्थ्य विमाका बारेमा आम नागरिकलाई जागरुक गराउन मेचीनगरको वडा नं. ५ ले एक दिवशीय जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कार्यालयमै विहीवार आयोजित कार्यक्रममा स्वास्थ्य विमा बोर्ड झापाकी अधिकृत लक्ष्मी कँडेलले सहभागीहरुलाई स्वास्थ्य विमाका फाइदा र यसको प्रक्रियाका बारेमा जानकारी दिएकी छन् ।

मेचीनगर–५ का वडा अध्यक्ष योगराज थापाको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा वडाका जनप्रतिनिधि सदस्यहरु दुर्गादेवी देवकोटा, नारायण खड्का, शिक्षक कनक कार्की लगायत ८० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो ।

मेचीनगरमै पहिलोपल्ट वडा नं. ५ मा स्वास्थ्य विमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना भएको हो ।
वडा सदस्य मेघराज गेलालको अध्यक्षता र वडा सदस्य चन्द्रकला विकको स्वागत मन्तव्य रहेको सो अवसरमा वडाभित्रका सम्पूर्ण टोल कमिटी, गैरसरकारी संस्था, विद्यालय र महिला समूहको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

स्वास्थ्य विमाका बारेमा वडावासीले राम्रो जानकारी पाउन् र त्यसबाट लाभ उठाउन सकुन् भनेर वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रमबाटै बजेट छुट्याएर स्वास्थ्य विमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको वडा सचिव पवित्रा बस्नेत बताउँछिन् ।

हाल सो वडाबाट ५ प्रतिशत भन्दा कम परिवारले मात्र स्वास्थ्य विमा कार्यक्रममा सहभागिता जनाएका छन् ।
कार्यक्रममा प्रशिक्षक लक्ष्मी कँडेलले प्रोजेक्टरमार्फत भिडियो र अडियो समेत प्रयोग गरी स्वास्थ्य विमाका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: