स्वास्थ्य सम्बन्धी जानकारी

  प्रकाशित मिति
३ असार २०७३, शुक्रबार १६:११


IMG_8229
धुलाबारी । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यव्रmम सम्पन्न भएको छ ।

शुव्रmबार संस्थाको सभाहलमै आयोजित कार्यव्रmममा मधुमेह, प्रसेर, मुटु, किड्नीमा लाग्ने रोगबाट बच्नका लागि दैनिक रुपमा गरिने आहार विहार तथा व्यायमको बारेमा मेची आम्दा अस्पताल धुलाबारीका मेडिकल सुपरिटेण्डेन्ट डा. विजकुमार लिङ्देनले जानकारी गराएका थिए ।

सहकारीले शेयर सदस्यहरुलाई यी रोगबाट बच्ने उपायका बारेमा सचेत गराउने उद्देश्यले कार्यव्रmमको आयोजना गरिएको व्यवस्थापक मानस सिटौलाले बताए ।

संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, मेची उद्योग बाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डालमियालगायतले शुभकमना मन्तव्य व्यक्त गरेका थिए ।

IMG_8221

कार्यव्रmममा उपस्थिति अतिथि तथा सहभागीलाई स्वागत मन्तव्य संस्थाकी महिला विभाग प्रमुख पुष्पा भण्डारीले व्यक्त गरेकी थिइन भने सञ्चालन सचिव कर्णबहादुर (सुमन)गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: