स्व.माताको स्मृतिमा नकआउट फूटबल प्रतियोगिता

  प्रकाशित मिति
११ आश्विन २०७८, सोमबार १९:१९


झापा, ११ असोज । झापामा क्षेत्रीयस्तरको ‘दिलमाया स्मृति कप–२०७८’ वडास्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता गर्नेे भएको छ ।

नेपाल खेलकुद महासंघले संघीय सांसद एलपी साँवाकी ममतामयी स्व. माता दिलमाया साँवाको स्मृतिमा क्षेत्रीय फुटबल प्रतियोगिता गराउने भएको हो ।

कोभिड–१९ ले लामो समयदेखि थलिएको खेल जीवनलाई स्थानीयस्तरमा उर्जा थप्दै जीवन दिने र युवा पीढीलाई कुलतबाट बचाई अनुशासित, मर्यादित, स्वस्थ जीवनका लागि उत्प्रेरणा प्रदान गर्ने  उद्देश्यले असोज १२ गतेदेखि फूटबल प्रतियोगिता आयोजना गरिएको महासंघले सोमबार सुरुङ्गामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

फुटबल प्रतियोगितामा झापा क्षेत्र नम्बर ४ का २८ वटा वडाका खेलाडीहरुलाई सहभागी गराइने महासंघका केन्द्रीय सदस्य तथा खेल आयोजक समितिका संयोजक सुनिल भेट्वालले बताए ।

उनले प्रतियोगितामा प्रथम हुने टिमलाई रु. २ लाख २५ हजार, दोस्रो हुनेलाई रु. १ लाख २५ हजार र क्वाटर फाइनलबाट बाहिरिने चार टिमलाई रु. ६० हजार र सेमी फाइनलबाट बाहिने दुई टीमलाई रु. ५० हजार पुरस्कार प्रदान गरिने बताए । यो अहिलेसम्मकै वडास्तरमा हुने प्रतियोगितामध्येको ठूलो पुरस्कार राशीको भएको महासंघले जनाएको छ ।

असोज १२ गतेदेखि दिलमाया स्मृति प्रारम्भिक छनौट फुटबल प्रतियोगिता २०७८ सुरु गरेर हिन्दूहरुको दोस्रो महान चाड दीवापलीको अवसर पारेर सम्पन्न गरिने महासंघले जनाएको छ । प्रारम्भिक छनौटबाट आएका आठ टीमले उपाधिका लागि कार्तिक ८ गतेबाट क्वाटर फाइनल खेलमा भाग लिनेछन् ।

सांसद साँवाले आफ्नी दिवंगत आमाको स्मृतिमा खेलाउन लागेको फूटबल प्रतियोगिताले भूईं तहका मानिसहरुलाई रुची जगाउने र राष्ट्रका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्नेमा सहयोग पुग्ने विश्वास लिएको बताए । उनकी माताको वि.सं. २०७७ माघ १५ गते निधन भएको थियो । खेलको संरक्षण तथा प्रायोजन बुद्धिमान साँवा लिम्बू एवम् सावा परिवार रहने जनाइएको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले आजै खेलाडीहरुको लागि तयार गरिएको जर्सी र फूलबल वडाध्यक्षहरुलाई हस्तान्तरण गरेका छन् । खेल सम्पन्न गर्नका लागि १५१ जनाको विभिन्न समिति बनाइएको उहाँले जानकारी दिए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष भगिरथ आलेमगर, नेकपा एमाले जिल्ला कमिटी सदस्य शिव ढुंगेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: