हँसिला ‘याओ मिङ’

  प्रकाशित मिति
२९ माघ २०७२, शुक्रबार ०९:४०


yao ming 3
तपाईँ नियमित फेसबुक युजर हुनुहुन्छ भने धक फुकाएर हाँसिरहने व्यक्तिको एउटा तस्वीर वा कार्टुन अवश्य देख्नु भएको होला । हलुकासँग निधार खुम्च्याएर हाँस्ने उनको चित्रलाई देख्ने वित्तिकै यसरी मानिसहरू हाँस्ने गर्छन्, जसरी अमिलो कागती देख्ने वित्तिकै मुखबाट र्याल आउन थाल्छ ।

पूर्ण कदको तस्वीर नआउने तर अर्धकदमा जहिल्यै छाइरहने यी व्यक्ति झट्ट देख्दा नेपाली जस्तै लाग्छ । फेसबुकमा कुनै जोक गर्नु पर्यो वा हाँसउठ्दो विषयको जनाउ दिनु पर्यो भने उनकै कार्टुन चित्र पोस्ट गर्ने चलन चलेको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओलीका ठट्टाको प्रसङ्ग जोडेर पनि तिनै व्यक्तिको चित्र सामाजिक सञ्जालहरूमा छाए । यी व्यक्ति को हुन् भन्ने कुरा फेसबुकमा उनको तस्वीर र कार्टुन प्रयोग गर्ने धेरैलाई थाहा नहुन सक्छ । थाहै नपाई यी व्यक्ति करोडौँ मानिसको मन र मस्तिष्कमा छाइरहेका छन् । पछिल्लो समय फेसबुकमा उनकै प्रोफाइल तस्वीर राखेर दर्जनौँ एकाउन्ट खोलिएका पनि छन् ।

दार्जीलिङका हाँस्यव्यङ्ग्य सम्राट ‘हम जायगा’ जस्तै चर्चित बन्दै गएको यो तस्वीर वास्तवमा न नेपाली न इण्डियन, दुबै मुलुकको नागरिकको होइन । तस्वीरवाला व्यक्ति एक जना चाइनिज नागरिक हुन् । उनको तस्वीर यसरी नेपाल र भारतका सामाजिक सञ्जालमा यसरी भाइरल बन्न पुग्नु आश्चर्य नै भएको छ ।

यी व्यक्तिको वास्तविक नाम ‘याओ मिङ’ हो । सन् १९८० सेप्टेम्वर १२ तारिखमा जन्मेका उनी अहिले ३६ वर्षका छन् । चीनको आर्थिक राजधानी साङ्घाईमा घर भएका उनी चाइनिज वास्केटवलका चर्चित खेलाडी हुन् ।

yao ming 6

७ फिट ६ इन्च अग्ला उनको तौल १४१ केजी रहेको छ । बास्केटवलमा सन् २००१, २००३ र २००५ मा एशियाली गेममा च्याम्पियन बनेका उनी चीनका प्रतिष्ठित खेलाडी हुन् । घुँडा र आँैलामा लागेको सानो चोटका कारण उनले सन् २०११ को जुलाइदेखि सव्रिmय खेल जीवनबाट सन्यास घोषणा गरे ।

बाँस्केटवलको सेन्टर पोजिसनमा ११ नम्वरको जर्सी लगाउने उनको हँसाई अत्यन्त राम्रो छ । रुप र स्वभाव दुबैमा अव्वल ठहरिएका उनी पछिल्लो समय नेपाल र भारतमा मात्र होइन, अमेरिका र जापानमा समेत हँसाइका कारण अप्रत्यासित रुपमा चर्चित बनेका छन् ।

उनका वारेमा ‘द इयर अफ दी याओ’ नामका डकुमेन्ट्री बनेको छ भने उनी आफैको सहलेखनमा ‘याओ ः अ लाइफ इन टू वल्र्ड’ नामक अटोवायोग्राफी लेखिएको छ ।
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: