हङकङबाट विपन्न परिवारलाई सहयोग

  प्रकाशित मिति
२९ जेष्ठ २०७७, बिहीबार २१:३९


मेचीनगर । हङकङमा बस्ने प्रवासी नेपालीहरुले काँकरभिट्टाका समाजसेवी हर्क फ्याकको पहलमा यहाँका ६७ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

हङकङमा बस्ने प्रवासी नेपालीहरु निर्मला लिङ्देन, तिर्थ लिङ्देन र मिलन लिङ्देनले संयुक्त रुपमा पठाएको ५४ हजार मध्ये ४४ हजार रुपैयाँले विपन्न परिवारको संख्याका आधारमा १५ र २५ केजीका दरले चामल वितरण गरिएको फ्याकले जानकारी दिए ।

यसअघि पनि हङकङमा बस्ने प्रवासी नेपालीहरुले यहाँका अति विपन्न परिवारलाई सहयोग गरेको थियो ।

बाँकी १० हजार रुपैयाँ ‘काँकरभिट्टा सोसाईटी’लाई प्रदान गरिएको उनले बताए ।

सोसाईटीले भारत तथा नेपालबाट आउने अलपत्र मानिसहरुलाई सीमा नाका काँकरभिट्टामा निःशुल्क खाना खुवाउँने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: