हट्नै मान्दैनन् ‘अतिक्रमणकारी’ 

  प्रकाशित मिति
२५ माघ २०७२, सोमबार ०९:२८


DSC04173
कनकाई । कनकाई–२ जामुनबारीस्थित सरस्वती माविको खेलमैदान अतिव्रmमणको चपेटामा परेको छ । ३० वर्ष अघि विद्यालयको जग्गामा घरवार बसाएका स्थानीय व्यक्तिहरूले हाल सो जग्गामा पक्की घरका संरचना खडा गरिसकेका छन् । अतिव्रmमित जग्गामा बनेका त्यस्ता संरचना हटाउन विद्यालयले सकेको छैन ।

सरस्वती माविको खेल मैदानभित्रै उनीहरूले गोबर ग्याँस र ट्वाइलेटको सेफ्टी ट्याङ्की बनाएकाले विद्यार्थी प्रदुषित वातावरणमा खेल्न र पढ्न बाध्य छन् । विद्यालय परिसरमा निर्माण गरिएका घरलाई हटाउनका लागि बारम्बार पहल गर्दा पनि स्थानीयले अटेर गरेर बस्दै आएका छन् ।

स्थानीय छविलाल श्रेष्ठ, खगेन्द्र भण्डारी, नेत्र अधिकारी, मेघराज राई र भीमबहादुर राईले विद्यालयको जग्गा अतिव्रmमण गरेर बसेका हुन् । विद्यालयले जग्गा खाली गर्न अनुरोध गर्दा पनि उनीहरूले मानेका छैनन् ।

वि.सं. २०४२ सालमा विद्यालयले आवश्यक परेको बेलामा हट्ने सहमतिमा कागज गरेर १५ घर परिवार बसोबास गर्न थालेका थिए । त्यसमा १० वर्ष अघि नै विद्यालयले मौखिक रूपमा जानकारी गराएर जग्गा खाली गर्न अनुरोध गरेको थियो । उक्त अनुरोध पछि ८ घरपरिवारले जग्गा खाली गरेको विद्यालयका प्रधानाध्यापक तुलसी कार्कीले बताए ।

‘हामीले बारम्बार अनुरोध गर्दै आएका छौँ’, प्रधानाध्यापक कार्कीले लोकतन्त्र पोष्टसँग भने–‘तर खै जति भन्दा पनि उनीहरू अटेर गरेर बसेका छन् । अझै जग्गा खाली गर्न मानेका छैनन् ।’

विद्यालयले २ वर्ष अघि लिखित रूपमा उनीहरूलाई जानकारी गराएर जग्गा खाली गर्न अनुरोध गरेको थियो । जसमा जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र साबिकको सुरुङ्गा गाविसलाई बोधार्थ दिइएको थियो ।

तर अझै पनि त्यस जग्गामा बनाइएका ५ घर परिवार अटेर गरेर बसिरहेका छन् । ४ विगाह ८ कठ्ठा जग्गा रहेको विद्यालयको खेल मैदान र करेसाबारी क्षेत्रमा भएका घरका कारण विद्यालयलाई विभिन्न कामहरू गर्न अफ्ठ्यारो हुँदै आएको प्रधानाध्यापकले बताए ।

उक्त घरका कारण विद्यार्थीहरूलाई फुटबललगायतका अतिरिक्त व्रिmयाकलाप गर्न र पक्की घेराबारा गर्न समेत समस्या भएको छ । खुल्ला खेल मैदान भएका कारण स्थानीयले गौचरन बनाउँदै आएका छन् ।

सामुदायिक विद्यालयको जग्गालाई विद्यालय व्यवस्थापन समितिले नक्सासहित नाप गरी के कति अतिव्रmमण भएको छ यकिन गरेर जिल्ला शिक्षा कार्यालयमा निवेदन ल्याएमा आवश्यक कार्वाही अगाडि बढाइने सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: