हत्याको विरुद्धमा झापामा हुकुमसिंहको नेतुत्वमा संघर्ष समिति

  प्रकाशित मिति
१८ जेष्ठ २०७७, आईतवार ११:०९


झापा । रुकुममा जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा झापामा हुकुमसिंह नेपालीको संयोजकत्वमा ३५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

जातीय भेद्भावका कारण भएको हत्याको विरुद्धमा नेपालीको संयोजकत्वमा पूर्वबाट आन्दोलन उठाउने तयारी गरिएको हो ।

त्यसका लागि झापामा सबै राजनीतिक दल संबद्ध दलित संघ संगठन, दलित अधिकारकर्मी, संघ संस्था र विभिन्न सार्वजनिक निकाय एकजुट भएको नेकपाका युवा नेता टिकाराम मंग्रातीले जानकारी दिए ।

उनले रुकुममा नवराज विकसहित अन्य ६ जनाको हत्याको विरोध र दोषीमाथि कारवाहीको माग गर्न व्यापक आन्दोलनको तयारी गरेको बताए ।

शनिवार संबद्ध सरोकारवालाबीच बिर्तामोडमा भएको छलफलले संयुक्त राजनीतिक दलित संघर्ष समिति बनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी झापाका सचिवालय सदस्य एवम् युवा नेता हुकुमसिंह नेपालीको संयोजकत्वमा संघर्ष समिति बनेको छ ।

समितिको सहसंयोजकमा भोला परियार, सुरेश बराइली, दलबहादुर विश्वकर्मा, गोपाल गजमेर, सचिव छविलाल विश्वकर्मा, सदस्यहरुमा वीर बहादुर दर्नाल, रञ्जित परियार, हर्कमाया विक, निरु परियार, निता घतानी, हरि नेपाली, सागर पोर्तेल, लक्ष्मी मोते, तिलक गजमेर, अशोकराम लगायत गरी ३५ सदस्यीय संघर्ष समिति बनाइएको छ ।

उक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम तयार गरीअघि बढ्ने संयोजक नेपालीले जानकारी दिए ।

जातीय भेदभावको घटना साझा मुद्दा भएकाले आन्दोलनमा सबैको सहभागिता गराउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: