हत्याको विरोधमा कार्यालय बन्द

  प्रकाशित मिति
६ आश्विन २०७३, बिहीबार १६:०८


भद्रपुर, ६ असोज । शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले आज सबै स्थानीय निकायअन्तर्गतका कार्यालय बन्द गरेको छ ।

कार्यालयको कामको सिलसिलामा घर फर्कने क्रममा उनको हत्या भई बुधबार बिहान कन्काई नगरपालिकाको चप्रामारीमा शव भेटिएको थियो ।

कर्मचारीहरुको असुरक्षा बढेको र हत्याराको पहिचान गरी कानुन बमोजिम कारबाही हुनुपर्ने माग गर्दै कार्यालयहरु बन्दको घोषणा गरेको सङ्घका सचिव डिल्लीराम नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: