हत्याको विरोधमा कोर्रा हान्दै दलित युवा

  प्रकाशित मिति
२१ जेष्ठ २०७७, बुधबार १३:५५


झापा । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन केन्द्रीय कमिटीले पश्चिम रुकुम घटनाको फरक शैलिमा विरोध जनाएको छ ।

बिर्तामोडमा संगठनले आयोजना गरेको विरोध र्यालीमा कोर्रा हानेर हत्यारालाई कारबाहीको माग गरिएको छ ।

बिर्तामोड परिक्रमा गर्दै सहभागीले आफैलाई कोरा हानेका छन् ।

बिर्तामोड परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

उनले नवराज बिकको न्यायमा कुनै जालसाझी भए ठूलो दुर्घटना हुने चेतावनी दिए ।

उनले नवराजसँगै हत्या भएका युवाको न्यायको लागि सांकेतिक विरोध गरेको जानकारी दिए ।

‘दलित मुक्तिको लागि अनेकाँै आन्दोलन गरेपनि अझै मुक्ति पाइएको छैन । अब दलित समुदाय कुनै पनि उत्पीडन सहेर बस्ने पक्षमा छैनौं’, –मंग्रातीले भने ।

मंग्रातीले सामाजिक रुपमा रहेका सबै किसिमका विभेद अन्त्य गर्न सरकार सक्षम छ कि छैनन्, प्रश्न गरेका छन् ।

झापाका दलित संघ–संगठनका नेता, कार्यकर्ता र सामाजिक अभियन्ताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: