हत्यामा फरार अभियुक्त १४ वर्षपछि पक्राउ

  प्रकाशित मिति
१ श्रावण २०७७, बिहीबार १८:१८


मेचीनगर । कर्तव्य ज्यान सम्बन्धि घटनामा संलग्न अभियुक्त १४ वर्षपछि प्रहरीले पक्राउ गरको छ ।

साविक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मा पक्राउ परेका हुन् ।

झापाका एसपी कृष्ण कोइरालाका अनुसार उनी टागनडुब्बा–३ स्थित ससुरालीमा गएका बेला घटना भएको हो ।

कोइरालाका अनुसार कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगाधेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर बसेका लामगाधेले नत्थुमाथि कुटपिट गरेको कोइरालाको भनाई छ ।

तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो । पछिल्लो समय पुराना घटनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनी इटाभट्टामा रहेको पत्ता लगाएको थियो ।

नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरक–फरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत झापाले लामगाधेलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: