झापा, ४ चैत । झापा पृथ्वीनगर – ६ का राजन मगरको २२ दिनअघि हत्या गरी फरार अभियुक्तलाई प्रहरीले विहीबार दिउँसो काँकडभिट्टाबाट पक्राउ गरेको छ ।
पव्रmाउ पर्नेमा झापा पृथ्वीनगर –६ का कालु भन्ने २० बर्षीय सञ्जोक लिम्बू, १७ बर्षीय विवेक लिम्बू र सुनसरी लौकी घर भई सोही वडामा बस्दै आएका २२ सुनिल किस्कु सतार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले पृथ्वीनगर–६ बस्ने १८ बर्षीय राजन मगरको छुरा प्रहार गरी हत्या गरेका थिए भने पृथ्वीनगर कै २२ बर्षीय सञ्जय उराव र सोही वडाकै १८ बर्षीय सञ्जय लिम्बूलाई चिया बगानको टहरामा सुतिरहेको अवस्थामा घाइते बनाएका थिए ।
अभियुक्तहरुलाई कर्तव्य ज्यान मुद्दा सम्बन्धी मुद्दा दताई गराई थप अनसुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।