हराएका तीनै जना बालक सिमसार क्षेत्रमा मृत फेला

  प्रकाशित मिति
८ श्रावण २०७७, बिहीबार १८:५३


मेचीनगर, ८ साउन । भद्रपुर नगरपालिका–२ का ३ जना बालक भद्रपुरकै नयाँ सिमसार क्षेत्रमा डुविरहेको अवस्थामा मृत फेला परेका छन् ।

बुधवार दिउँसो २ बजे घरबाट खेल्न निस्किएका अनिल तामाङको १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामी नयाँ सिमसार क्षेत्रमा मृत फेला परेका हुन् ।

खेल्न भनी गएका तिनै जना बालक बेलुका सम्म फर्केर नआएकोले खोजतलास गर्ने क्रममा अंकुश तामाङ राती ८ बजे सोही सिमसार क्षेत्रमा मृत फेला परेका थिए ।

अन्य २ जना बालक फेला नपरेपछी आफन्तले प्रहरीमा खबर गरेसँगै घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले फेला परेका मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि भद्रपुर अस्पताल पठाइएको थियो ।

अन्यको खोजी शुरु गरेको थियो । हराइरहेका अन्य २ जना बालकलाई १ नम्बर प्रदेश विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको गोताखोर सहितको टोलीले विहीबार बिहान ९ बजे सोही सिमसार क्षेत्रको पानी मुनी मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: