हराएका धेरै महिला भेटिदैनन्

  प्रकाशित मिति
१८ श्रावण २०७५, शुक्रबार ११:४१


मेचीनगर । झापामा खुल्ला सिमानाका कारण महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा महिलाहरु वर्षेनि हराउने क्रम रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार २०७४–२०७५ को एक वर्षको अवधिमा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो । जसमा महिला ३६६, बालक ४४ र बालिका १०२ रहेका थिए ।

जिल्लाका विभिन्न इलाका प्रहरीमा निवेदन परेका महिला ३६६ जना मध्ये २६७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । ९९ जना महिला अझै बेपत्ता छन् । हराउनेमा ४४ जना बालक मध्ये ३६ फेला परेका छन् भने ८ जना फेला परेका छैनन् ।

सोही अवधिमा १०२ बालिका मध्ये ८५ जना फेला परेका छन् भने १६ जना बालिका अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा बितेको चार वर्षको अवधिमा हराएका भेटिने कमै मात्रामा छन् । २०७१–२०७२ मा हराएका ३३० महिला मध्ये १६० मात्र भेटिएका छन् । जसमा १७० जना अझै बेपत्ता छन् ।

त्यस्तै, २०७२–२०७३ मा महिला तथा बालबालिका ३५५ जना हराएको निवेदन परेको थियो । जसमा २३६ फेला परेका प्रहरीले जनाएको छ । ११९ अझै बेपत्ता छन् ।

२०७३–२०७४ मा हराउने महिला तथा बालबालिका ४२८ रहेका थिए । जसमा फेला परेका २७६ रहेका छन् । १५२ जना अझै बेपत्ता रहेका छन् । जिल्लाका विभिन्न इलाका प्रहरीमा निवेदन परे पनि फेला पर्नेको सङ्ख्या भने कम रहेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुल्ला सिमाना भएका कारणले गर्दा महिला हराउने क्रम बढेको हो । रोजगारीमा लगाई दिन्छु भनेर प्रलोभनमा पारेर भारतको विभिन्न सहरहरुमा नेपाली चेलीहरु बेचिएकाले पनि कम मात्रामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालले गर्दा पनि बढी मात्रामा युवती माया प्रेममा पर्ने, झुटो विवाहको सम्बन्धमा पारेर नेपाली चेलीहरु भारत, बङ्गलादेशमा बेचिने गरेका छन् ।

महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी महिला अगुवा भोजकला दवाडीले नेपाली महिला बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा घरेलु कामदारका लागि भारतीय बाटो हुँदै जानेको गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: