हरियाणामा मुर्मु भेटिए

  प्रकाशित मिति
२४ श्रावण २०७३, सोमबार १५:२१


कनकाई । झापाका एक बालक भारतको हरियाणास्थित आश्रममा फेला परेका छन् ।

सुरुङ्गाको बेलायती बारी घर बताउने १२ बर्षीय कर्म मुर्मु हरियाणाको शान्ति भवन आश्रममा फेला परेका हुन् ।

आश्रमकी गुरुआमा मारियाले जिल्ला प्रहरी कार्यालय झापामा केही दिन अघि टेलिफोन गरी मुर्मुको बारेमा जानकारी दिएकी हुन् । मारियाले मुर्मुको अभिभावक पत्ता लगाइदिन र उनलाई लिन आउन आग्रह गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता हरि शर्माका अनुसार प्रहरीले टेलिफोन मार्फत मुर्मुसँग आधा घण्टा कुराकानी समेत गरेको छ । सम्पर्कमा उनले आफ्नो बुबाको नाम माइलो सतार र घर बेलायती बारी नै बताएको प्रहरीले जनाएको छ ।

तर प्रहरीले प्रहरी परिचालन गरी मुर्मको घर र परिवारको खोजी गरिरहेको जनाएको छ । प्रवक्ता शर्माले हालसम्म मुर्मुको घर र परिवार पत्ता नलागेको जनाएको छ ।

आमा बैदेशिक रोजगारमा गएको र बुबाले सौतेनी आमा ल्याएको हुँदा आफू घर छोडेर हिँडेको मुर्मुले प्रहरीसँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: