‘हरियो भेस्ट’ समूह फेरि सक्रिय हुने

  प्रकाशित मिति
९ फाल्गुन २०७७, आईतवार १७:५१


मेचीनगर, ९ फागुन । गत वर्ष ‘हरियो भेस्ट’मा पैदल मार्च गरेर चर्चामा आएको मेचीनगर महिला समूह फेरि सक्रिय हुने भएको छ । समूहले पर्यटन प्रबर्धन र सामाजिक विषयमा आगामी दिनमा नयाँ कार्यक्रमहरु ल्याउने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले गत वर्ष हरियो भेस्ट लगाएर सो समूहले धुलावारीबाट बुद्धशान्तिको धारागोलासम्मको पैदल मार्च गर्दा राष्ट्रिय चर्चा भएको थियो ।

आइतवार कालिका सिमसारमा भ्रमण वर्ष अभियानको समापन गर्दै समूहले बनभोज र कानूनी शिक्षा कार्यक्रम गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि तथा मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले समूहले गत वर्ष ठूलो उत्साहका साथ पर्यटन प्रबर्धनको अभियान सुरु गरेको स्मरण गर्दै कोरोना महामारीले लक्ष्य अधुरै रहेको बताइन् ।

उनले सामाजिक कार्य गर्ने समूहको दृढ इच्छालाई सम्मान गर्दै आगामी दिनमा नगरपालिकाले सक्दो सहयोग पुर्याउने बचनबद्धता व्यक्त गरिन् ।

समूहकी अध्यक्ष रेणुका डाँगीले कोरोना महामारीले भ्रमण वर्ष असफल बनाए तापनि महिलाहरुको सामाजिक कार्य गर्ने चाहना र लक्ष्य जारी रहेको बताइन् । उनले समूहलाई सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरिन् ।

सो अवसरमा नेपाल बार एसोसिएसन झापाका कार्यसमिति सदस्य एवम् कानूनी अधिवक्ता चुडामणि पराजुलीले सहभागीहरुलाई महिला सम्बन्धी विद्यमान कानूनका विषयमा जानकारी गराउँदै प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: