हरेक वर्ष नेपालमा ३५ हजार क्यान्सर रोगी थपिदै

  प्रकाशित मिति
२३ माघ २०७७, शुक्रबार २०:१५


।। गगन ढकाल ।।
बिर्तामोड, २३ माघ । नेपालमा प्रत्येक वर्ष ३५ हजारका दरले क्यान्सरका रोगीको संख्या बढिरहेको विज्ञहरुले बताएका छन् ।

त्यसमध्ये झापा क्यान्सरका रोगीको धेरै संख्या भएको जिल्ला हो । झापामा गत वर्ष एक हजार ३ सय २१ जना क्यान्सरका रोगी थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पूर्वाञ्चल क्यान्सर हस्पिटलले विश्व क्यान्सर दिवसको अवसरमा विहीवार आयोजना गरेको छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

क्यान्सर रोकथाम तथा नियन्त्रणमा सरोकारवाला निकायको भूमिका विषयक प्यानल डिस्कसन कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादव, क्यान्सर रोग विशेषज्ञ डा. प्रियंका कटुवाल, जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाई, विर्तामोड स्वास्थ्य कार्यालयका प्रमुख तुलसी पोखरेल, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, वीरता लेडी जेसिजकी अध्यक्ष स्वस्तिका आचार्य र रोटर्याक बिर्तामोड मिडटाउनकी भाइस प्रेसिडेन्ट सारु कोइरालाले भाग लिएका थिए ।

झापामा बढ्दो क्यान्सरको प्रकोप न्यूनीकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको वक्ताहरुको साझा धारणा थियो ।

कार्यक्रम मन्तव्य र डिस्कसन गरि दुई भागमा सञ्चालन गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा गिरीले गरेकी थिइन् भने विशिष्ट अतिथिहरुमा हस्प्टिलका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र निर्देशक डा. निराजन प्रसाई र डा. अञ्जली प्रसाईं उपस्थित थिए ।

सो अवसरमा अस्पतालका डाक्टर डा. बीरेन्द्र यादव, डा. निराजन पराजुली, डा. प्रियंका कटुवाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाईं, नगर स्वास्थ्य प्रमुख तुलसी पोख्रेल, नेपाल पत्रकार महासंघभ झापाका अध्यक्ष तारामणि सापकोटा, बिर्ता लेडि जेसिजका अध्यक्ष स्वस्तिका आचार्य, बिर्ता रोट्रयाक क्लबकी भाइस प्रेसिडेन्ट सारु कोइराला लगायत उपस्थित थिए ।

मन्तव्यको क्रममा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफुलाई क्यान्सर लागेकोले क्यान्सर अस्पतालको परिकल्पना गरेको बताए ।

‘आफुमा हौसला र योजना भए कुनै पनि कार्य गर्न कठिनाई हुँदैन, मानिसमा लक्ष्य, उद्देश्य र बिचार सही हुन जरुरी छ’, प्रसाईले भने–‘रोग हाम्रो जन्मसिद्ध साथी भएकाले रोगसँग डराउनु हुँदैन, बरु लडेर बाँच्नु पर्छ ।’

मन्तव्य कै क्रममा डा. बीरेन्द्र यादवले विश्वमा प्रति मिनेट १७ जनाका दरले र नेपालमा प्रति बर्ष अनुमानित ३५ हजारका दरले क्यान्सर रोगी बढेको जानकारी दिए ।

क्यान्सरको मुख्य कारक धुवाँधुलो, धुमपान, मध्यपान र अस्वस्थयकर जीवनशैली भएको जनाउँदै उनले अत्याधुनिक यन्त्रहरुको पहुँच भएको यस अस्पताल नेपालका अरु सबै क्यान्सर अस्पतालभन्दा राम्रो भएको उनले बताए ।

डा. प्रियंका कटुवालले क्यान्सर एकैपटक उत्पन्न नहुने बिस्तारै बढ्दै जाने भएकाले समयमै ध्यान पुर्याए यसलाई निको पार्न सकिने बताइन् ।
पाठेघरको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी हुने गरेको उनले तथ्यांक प्रस्तुत गरिन् ।

कार्यक्रमको दोस्रो चरणमा भएको प्यानल डिस्कसनमा जीवन चौलागाईंले क्यान्सर विशेष गरी बिकासोन्मुख र अल्पबिकसित मुलुकका नगरिकहरुलाई धेरै हुने बताए ।

अब जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न शिविरहरुको माध्यमबाट गाउँगाउँ मै रोगीहरुको पहिचान गरी क्यान्सरविरुद्धमा लड्ने योजना भएको बताए ।

यसै क्रममा पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटाले जिल्लाभरिका मिडियाले क्यान्सर रोकथामका उपायहरुको प्रचारप्रसार गरेर जनचेतना वृद्धि गर्ने बताए ।

बिर्ता लेडी जेसिजकी अध्यक्ष स्वस्तिका आचार्यले लेडी जेसिजले यस अस्पतालसँगको सहकार्यमा यस अघि पनि कार्यक्रमहरु गरिसकेको र आगामी दिनहरुमा पनि गर्ने बताइन् ।

साथै रोट्रयाक क्लबकी भाइस प्रेसिडेन्टले पनि अस्पतालको सहकार्यमा आफुहरु कार्य गर्न तयार रहेको र अस्पताललाई कुनै पनि बेला युवाहरुको आवश्यकता परे सहयोग गर्न तयार रहेको बताइन् ।

सबै सरोकार निकायको बिचार र प्रतिबद्धता सुने पछि सबै निकायबाट पाँच बुँदे प्रतिबद्धता जारी गरिएको थियो । कार्यक्रमको संचालन हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले गरेका थिए ।

पाँच बुँदे प्रतिबद्धता यस्ता छन् ।

१. सचेतना कार्यक्रमको संचालन गर्ने,
२. वातावरण स्वच्छतामा पहल गर्ने,
३. क्यान्सरको कारकहरुको पर्चा बनाई चेतना वृद्धि गर्ने,
४. विभिन्न स्वास्थ्य शिविरको संचालन गरी रोगीको खोजी गर्ने,
५. क्यान्सरको विरुद्धमा सबैले हातेमालो गरी लड्ने ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: