हल्दिबारीका व्यक्तिमा कोरोना भेटिएन

  प्रकाशित मिति
४ बैशाख २०७७, बिहीबार १३:२४


मेचीनगर । हल्दिबारीका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले हल्दिबारीका एक व्यक्तिमा थ्रोट स्वाव परीक्षण गर्दा नेगेटिभ नतिजा आएको बताए ।

बुधवार एकैदिन हल्दिबारीका ६१ जनाको किटको माध्यमबाट र्या्पिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये ३९ वर्षका व्यक्तिमा एन्टीबडी पोजेटिभ देखिएको थियो ।

उनको थ्रोट स्वाव परीक्षण लागि विराटनगर प्रयोगशाला (पीसीआर) पठाइएको थियो । प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना नभएको पुष्टि भइसकेको चौलागाईले जानकारी दिए ।

२१ जना व्यक्तिमा थ्रोट स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

उनि चैत ५ गते दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सुरुदेखि नै सामान्य थियो । उनी विदेशबाट आएदेखि नै होम क्वारेन्टाइनमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: