हल्दिबारी अध्यक्षमा पनि राप्रपानै विजयी

  प्रकाशित मिति
१९ असार २०७४, सोमबार १४:४३


RABINDRA
झापा । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र लिङ्देन ३ हजार ९४३ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु सिटौलाले ३ हजार ५ सय ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले बताए ।

आज भर्खर प्राप्त परिणाम अनुसार उपाध्यक्ष पदमा नेकपा एमालेका डम्बर गिरीले ४ हजार ३८६ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रकला राईले २ हजार ७४६ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी सोही गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका चित्रलोचन सापकोटाले १ हजार ६४३ मत र वडा नंं ३ मा एमालेकै रोशन शिवाकोटीले ६०४ मत ल्याई विजयी भएका छन् ।

त्यसैगरी, वडा नं. २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राजेन्द्र योङहाङले १ हजार २६३ मत ल्याई विजयी भएका छन् ।

त्यसैगरी, वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका होमप्रसाद चुँडालले ७६८ मत प्राप्त गरी विजयी हुनुभएको हो भने वडा नं. ५ राप्रपाकै शेरबहादुर नेम्वाङले ४०६ मत प्राप्त गरी विजयी भएका छन् ।

हल्दिबारीमा जम्मा १८ हजार ८९२ मतदाता रहेका थिए भने १३ हजार ९८४ ले मात्र मतदान गरेका छन् । जसमा ४४३ मत बदर भएको निर्वाचन अधिकृत कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: