हल्दीबारीका अभियन्ता, खेलाडीसहित ३०० जना युवाहरु नेकपामा प्रवेश

  प्रकाशित मिति
८ आश्विन २०७७, बिहीबार २३:०७


मेचीनगर, ८ असोज । हल्दीबारी गाउँपालिकाका सामाजिक अभियन्ता अबिषेक खतिवडा, राष्ट्रिय कबड्डीका खेलाडी अमृत मेचे, फुटबलर सन्तोष मान्देनसहित ३०० जना युवाहरु विहीबार नेकपामा प्रवेश गरेका छन् ।

नेकपा झापा जिल्ला कमिटी सदस्य एवम् क्षेत्र न.३ का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले आज नवप्रवेशीहरुलाई टीका, अविर र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष गिरीले नेपाल कम्युनिस्ट पार्टी कस्तो पार्टी हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पारेको बताए ।

उनले नेकपाले सबै युवाहरुलाई योग्यता र क्षमताको आधारमा व्यवस्थापन गर्ने र युवाहरुलाई अवसर दिने बताए । गिरीले विकास निर्माणको काम दुई तिहाईको सरकार भएकाले नेकपाले गरेको भएता पनि श्रेय विपक्षी पार्टीहरुले लिन खोजी रहेकोले भ्रमकोपछि कोहि पनि नलागिदिनु हुन समेत आग्रह गरे ।

कार्यक्रममा नेकपा हल्दीबारी इन्चार्ज शिवाकोटी, हल्दीबारी गाउँपालिका उपाध्यक्ष गिरी, जिल्ला सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मी लगायतले बोलेका थिए ।

नेकपा हल्दीबारी–३ का इन्चार्ज विष्णुप्रसाद ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नेकपा हल्दीबारीका कार्यालय सदस्य महेशलाल मेचेले र सञ्चालन नेकपा झापा जिल्ला प्रचार तथा प्रकाशन विभागका सदस्य सागर पोर्तेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: