हातखुट्टा बाँधेर उद्योगका व्यवस्थापकको हत्या

  प्रकाशित मिति
१२ माघ २०७५, शनिबार २१:१५


मेचीगनर । भद्रपुर–९ को मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगडको हत्या भएको छ ।

उनलाई शनिवार विहान हातखुट्टा बाँधिएको अवस्थामा उद्योग परिसरभित्र रहेको निवासको ओछ्यानमा मृत भेटिएको थियो ।

प्रहरीले उनको हत्या भएको जनाउँदै अभियुक्तको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ ।

भारतको विशाखा पटनम् घर भएका ६६ वर्षीय दुगड विगत २ वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।

उद्योगका सञ्चालक पर्शुराम अग्रवालका अनुसार शनिवार व्यवस्थापक दुगढ आफ्नो घर जाने भएका थिए । उनलाई घर जानका लागि पठाइएको गाडी विहान उद्योगमा पुग्दा निवासमा हातखुट्टा बाँधेको अवस्थामा चालकले उनलाई मृत देखेपछि प्रहरीलाई तत्काल खबर गरिएको उद्योगका सञ्चालक अग्रवालले बताए ।

नेपाल प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर ल्याएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीम ढकालले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

लाशलाई पोस्टमार्टम जाँच गर्न धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: