हातेमालो सामुदायिक वनको अध्यक्षमा सिग्देल

  प्रकाशित मिति
१९ आश्विन २०७८, मंगलवार २२:३१


दुहागढी, १९ असोज । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्रप्रसाद सिग्देल सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सिग्देललाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा विश्वनाथ धिताल, सचिवमा विमला विष्ट, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा पुष्पादेवी बोखिम चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिपक ढकाल, तुलाराम गौतम, लक्ष्मण कार्की, रुद्र कार्की, देवी सापकोटा, सन्तोष योङहाङ, सन्तोष न्यौपाने, टिकाराम मैनाली, ईश्वर मैनाली, नन्दी बराल, गुणलाल राजवंशी लगायत रहेका छन् ।

साधारण सभाले लेखा समितिको संयोजकमा मोहन अधिकारी लाई चयन गरेको छ । समितिको सदस्यहरुमा खगेन्द्र सिग्देल र जीवन प्रसाई छन् । समितिले आगामी बैठकबाट सल्लाहकार समिति चयन गर्ने जनाएको छ ।

संस्थाका कार्यवहाक अध्यक्ष चन्द्रप्रसाद सिग्देलको सभापतित्व तथा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्यवहाक अध्यक्ष सिग्देलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पादेवी बोखिमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

आन्तरिक लेखा समितिका सदस्य जीवन प्रसाईंले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोभिड संक्रमण भई निधन भएका संस्थाका अध्यक्ष प्रेमप्रसाद पौडेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार सहित एक दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सव डिभिजन वन कार्यालय मेचीनगर–१४ धाइजनका सहायक वन अधिकृत राजन राई,संस्थाका सल्लाकार संयोजक एवम् मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, वडा नम्बर १४ का वडाध्यक्ष शंकर पोखरेल, विदुरप्रसाद शिवाकोटी, पुष्पराज कार्की, पर्शुराम सिंह राजवंशी, दिलबहादुर कालिकोटे, रामप्रसाद राई, कृष्णकुमारी सुवेदी र बद्री महत छन् ।

उनीहरुलाई प्रमुख अतिथि नगर प्रमुख आचार्य र विशिष्ट अतिथि उपप्रमुख मिना पोखरेल उप्रेतीले संयुक्त रुपमा सम्मान गरेका थिए ।

सभाले वन समूहमा केही समयदेखि समूह क र ख का उपभोक्ताहरु बीच देखिएको विवाद समाधानका लागि प्राकृतिक स्रोत तथा द्वन्द रुपान्तरण केन्द्र नेपालको पहलमा तयार पारिएको ९ बुँदे सहमतिलाई विधानमा उल्लेख गर्न ५ सदस्यीय विधान मस्यौदा समिति समेत चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, विशिष्ठ अतिथि उप्रेती, द्वन्द रुपान्तरण केन्द्रका सहजकर्ता छत्र पौडेल, माकुरा समूहका शरद शिवाकोटी, पूर्व अध्यक्ष विदुर शिवाकोटी, वडाध्यक्ष सिग्देल, डिभिजन वन कार्यालय झापाका युवराज मास्के, राजनीतिक दलका प्रतिनिधीहरु खगेन्द्र सिग्देल, दुर्गा धमला लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन लेखा समितिका संयोजक अधिकारीले गरेका थिए ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: