हात्तीको आक्रमणबाट एकको मृत्यु

  प्रकाशित मिति
१५ असार २०७४, बिहीबार ११:२१


दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबारराति ११ बजेतिर चारकोसे जङ्गलबाट आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि हात्ती लखेट्ने क्रममा केरुङलाई आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका केरुङलाई उपचारका लागि मेची अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: