हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

  प्रकाशित मिति
२२ कार्तिक २०७३, सोमबार १३:०७


झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा सोमबार एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान घर नजिकै घाँस काट्न जाने क्रममा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई घरनजिकैको चिया बगानमा हात्तीले आक्रमण गरेको बताइएको छ ।

त्यस्तै उहाँसँगै घाँस काट्न गएका सोही ठाउँका ६२ वर्षीय लम्बबहादुर प्रधान हात्तीको आक्रमणमा परी घाइते भएका छन् । हात्तीको आक्रमणमा परी उनको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: