हात्तीले कुल्चेर बृद्धाको मृत्यु

  प्रकाशित मिति
५ मंसिर २०७३, आईतवार १६:४३


झापा, ५ मंसिर । झापाको शरणामतिमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बतााए ।

प्रवक्ता शर्माका अनुसार आइतबार बिहान १०ः४५ बजे घर नजिकैको रानी सामुदायिक बनमा घाँस काटिरहेका बेला जंगली हात्तीले कुल्चिएर भट्टराईको मृत्यु भएको हो । झापामा एक महिनाको अन्तरालमा ३ जनाको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: