झापा । हात्तीको आक्रमणमा मारिएका झापा विर्तामोडका दुई मृतक परिवारलाई किरिया खर्च वापत ५० हजार रुपैयाँ उपलव्ध गराइएको छ ।
गत शनिवार हात्ती आक्रमणमा मारिएका विर्तामोड नगरपालिका–७ का रसुल मियाँ र–३ का हरीमन राजवंशीको घरमै पुगेर आज एक नम्वर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले सो रकम हस्तान्तरण गरेका हुन् ।
मन्त्री कुसियतले क्षतिपूर्तिवापत पाउने १० लाख मध्ये ५० हजार रुपैयाँ पहिलो चरणमा किरिया खर्च वापत सो रकम उपलव्ध गराएको बताए । उनले बाँकी रकम पछि उपलब्ध गराउने बताए ।
हाल नेपाल सरकारले हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेको परिवारलाई १० लाख रुपैयाँ राहत उपव्ध गराउने प्रावधान छ ।