हात्ती धपाउन ड्रोन

  प्रकाशित मिति
१२ जेष्ठ २०७५, शनिबार १४:५९


झापा । दक्षिणी भारतको तामिलनाडुमा जङ्गली हात्ती धपाउन ड्रोनको प्रयोग थालिएको छ ।

नेपालको बाहुनडाँगीमा केही वर्ष अघि जङ्गली हात्ती धपाउन एसएलआर राइफलले फायरिङ गरेको जस्तो चर्को आवाज सुनाइने गरेको घटनाले निकै चर्चा पाएको थियो ।

तर ड्रोनकै प्रयोग भने मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि अहिलेसम्म प्रयोग भएका उपायमध्ये सबैभन्दा आधुनिक हो ।

रेलको लिक पार गर्न र बाली खान आएका हात्तीलाई जङ्गलतिरै धपाउन गरुडा एयरस्पेशका एक विद्यार्थीले यस्तो जुक्ति निकालेका हुन् ।

‘विद्यार्थीले एउटा ड्रोन बनाए’, गरुडा एयरस्पेशका प्रमुख कार्यकारी विमलराज भन्छन्–‘जसमा साइरन, लाउडस्पीकर र सेन्सर जडान गरिएको छ ।’

ड्रोनमै ४०० ग्रामको एम्प्लीफायर जोडिएको छ । पुरै यन्त्र २.५ किलो ग्रामको छ ।

रेल्वे ट्रयाक र बाली लगाइएको जमिनमा हात्तीलाई आउन नदिन अग्नी फाउन्डेसनले हाल यस्ता पाँच वटा ड्रोन प्रयोगमा ल्याएको छ ।

अग्नी फाउन्डेसनका संस्थापक अग्नीश्वर जयप्रकाशका अनुसार यसबाट हात्ती धपाउन र उनीहरुको आवतजावत अनुगमन गर्न सजिलो भएको छ ।

जब हात्ती बाली खान गाउँतिर आउन थाल्छन्, बन अधिकारीहरुले ड्रोनलाई नजिकको आकाशतिर पठाउँछन् ।

सात किलोमिटर टाढाबाटै नियन्त्रण गरिने ड्रोनले सिंहको गर्जन र मौरी भुनभुनाएको जस्तो चर्को आवाज निकाल्छन् । यो सुनेर हात्ती भाग्छन् ।

अहिले हात्ती धपाउन सिंहको आवाज सुनाउने ड्रोनको प्रयोग अति प्रभावकारी देखिएको छ । यसको प्रभावकारिताको अरु अध्ययनपश्चात यसलाई हात्ती प्रभावित अरु स्थानमा समेत प्रयोगमा ल्याउन सिफारिस गरिने बताइएको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: