हात्ती पीडितको आक्रोस

  प्रकाशित मिति
५ भाद्र २०७५, मंगलवार १८:१०


धुलाबारी । वर्षौँदेखि हात्तीको पीडा भोग्दै आएका मेचीनगर–९, माथिल्लो मागुरमाडीका बासिन्दाले हात्तीको समस्या दीर्घकालीन रुपमा समाधान गरिदिन स्थानीय सरकारसँग माग गरेका छन् ।

दिनैपिच्छे आउने रैथाने हात्तीले आतङ्क मच्चाएपछि आजित बनेका स्थानीयले सोमबार नगर प्रमुख र प्रहरी प्रमुखसमक्ष यस्तो माग राखेका हुन् । हात्तीले साह्रै दुःख दिएपछि मागुरमाडीको देवीथान समितिले भेला आयोजना गरी मेचीनगर प्रमुख विमल आचार्य र इलाका प्रहरी कार्यालय धुलाबारी प्रमुख खगेन्द्रप्रसाद रिजाल समक्ष स्थानीयले आफूहरुले भोग्दै आएको पीडा पोखे । हात्ती आतङ्क नियन्त्रण गर्न राज्य पक्षले नसकेको भन्दै उनीहरुले हात्ती धपाउने अधिकार दिन माग समेत गरेका छन् ।

स्थानीय राजन खड्काले मागुरमाडीका बासिन्दाको पीडामा राज्य संयन्त्रले सहयोग गर्न नसकेको बताए । ‘हामी पीडित छौँ, उनले भने, ‘सकिन्छ सहयोग गरिदिनु पर्यो होइन भने हामी आफैँ हात्ती नियन्त्रण गर्ने उपाय खोज्छौँ ।’ उनले हात्ती घाइते हुँदा सदन हल्लिने तर मान्छे मर्दा सरकार किन चुप लागेको भन्दै आक्रोस पोखे ।

अर्का स्थानीय चिरञ्जीवि भट्टराईले हात्ती आतङ्कबाट बर्षौँदेखि पीडा भोग्दै आएकाले यसको दीगो समाधान खोजेर अघि बढ्नुपर्ने बताए । उनले हात्तीकै कारण बालीनाली लगाउन नपाएको पीडा सुनाए ।

माथिल्लो मागुरमाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्म गौतमले हात्तीबाट ज्यान जोगाउनै गाह्रो भएको बताए । ‘हात्ती घरघरै छिर्न थालेका छन्,’ उनले भने, ‘अब पनि हात्ती नियन्त्रण गर्ने योजना बनाउन सकिएन भने ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ ।’

भेलामा स्थानीय अगुवा बालकृष्ण थपलियाले आफूहरुको पीडामा सहयोगी बन्न स्थानीय सरकार प्रमुखलाई आग्रह गरे । ‘हामी साह्रै पीडामा बाँच्नु परेको छ,’ उनले भने, ‘न सुत्न पाएका छौँ नत त बाली लगाउन नै पाएका छौँ, यो भन्दा पीडा अरु के नै हुन्छ !’

भेलामा स्थानीय ठाकुरप्रसाद अधिकारी, टङ्क श्रेष्ठ, बमबहादुर बेघा लगायतले तत्काल हात्तीबाट बच्नका लागि टर्चलाइट उपलब्ध गराउनु पर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

भेलामा सहभागी स्थानीय अगुवा तथा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मणि उप्रेतीले हात्ती समस्या समग्र मेचीनगरकै समस्या भएकाले यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले दीर्घकालीन योजान बनाएर अघि बढ्नुपर्ने बताए ।

स्थानीयको पीडा सुनेपछि मेचीनगर प्रमुख बिमल आचार्यले हात्ती नियन्त्रण गर्ने विषयमा आफूहरु गम्भीर रहेको बताए । उनले यो समस्या तुरुन्त समाधान हुन नसक्ने भएकाले यस विषयमा प्रदेश सरकार र सङ्घीय सरकारसँग कुरा भइरहेको बताए । ‘तपाईंहरुको जस्तै पीडा बाहुनडाँगीबासीले पनि भोग्नु परिरहेको छ,’ उनले भने, ‘हात्ती समस्या राष्ट्रिय समस्या हो, त्यसैले सबै पक्षको चासो र चिन्ता हुन जरुरी हुन्छ ।’

…………

पाँचवटा घर भत्कायो

धुलाबारी । माथिल्लो मागुरमाडी क्षेत्रमा हात्तीले एक महिनाको अवधिमा पाँचवटा घर भत्काएर क्षति पुर्याएको छ ।

साउन महिनामा स्थानीय प्रेम पनेरु, टङ्क श्रेष्ठ, टिका लुङ्गेली, मोहन भट्टराई र डिल्लीराम धमलाको घर हात्तीले भत्काइदिएको हो । रातको समयमा आउने रैथाने हात्तीले घरभित्र राखेको मकै, धान, नून लगायतको खानेकुरा खाने गरेको छ । हात्ती धपाउन हल्लाखल्ला गरेपछि रिसाएको हात्तीले घर नै भत्काउने गरेको पीडितमध्येका प्रेम पनेरुले बताए । अहिले पनि त्यस क्षेत्रमा पाँचवटा जति रैथाने हात्ती रहेको स्थानीयले बताएका छन् । नजिकै घना वन रहेकाले त्यहाँ हात्ती बस्ने गरेको र रातको समयमा आहारका लागि गाउँतिर छिर्ने गरेको स्थानीय बताउँछन् ।

……….

ब्ततबअजmभलतक बचभब

ऋष्अिप जभचभ तय च्भउथि यच ँयचधबचम
ज्ञछ।द्दद्ध

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: