हात हरियार मुद्दाका फरार मेचे पक्राउ

  प्रकाशित मिति
७ भाद्र २०७७, आईतवार २०:१३


मेचीनगर, ७ भदौ । जिल्ला प्रहरी कार्यालय झापाले अवैध हात हरियार खरखजना मुद्दामा फरार रहेका अर्जुनधारा नगरपालिका–६ का सुनिल मेचेलाई पक्राउ गरेको छ ।

मेचेलाई आइतबार बिर्तामोड पश्चिम बस स्टेण्ड क्षेत्रबाट पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए ।

३८ वर्षीय मेचे विरुद्ध अवैध हात हतियारको मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरले २०७५ चैत ११ गते एकवर्ष कैद र एकलाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला सुनाएको थियो ।

फरार रहेका मेचेलाई पक्राउ गर्न ललितपुरले झापा प्रहरीलाई पत्राचार गरेपछि पक्राउ गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

मेचेलाई कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: