हामी किन थोरै सकारात्मक ?

  प्रकाशित मिति
२९ माघ २०७४, सोमबार १५:४१


मैले बाल्यकालमा भोगेको कुराको धेरै सम्झना छैन तर किशोर अवस्थामा भोगेका कुराको केही सम्झना छ । कक्षा ४ को मौखिक परीक्षामा सरले स्कुल किन आउँछस् भनेर सोधेको प्रश्नमा मैले दोहोर्याई तेहर्याइकन पढ्न र लेख्न भनें तर खेल्न भनिन किनकि खेल्नु खराव हो भन्ने मेरो बाल मस्तिस्कमा भरिएको थियो ।

यही समयको कुरा हुनुपर्छ एक दिन स्कुलको छुट्टी पछि स्कुल ग्राउन्डमा सायद झुम्राको हुनुपर्छ गोल बनाएर खेल्दै थियौं एकजना सरले देखे । सरलाई देखेपछि हामी डरले भागाभाग भयौं । त्यसको भोलिपल्ट हामीमध्ये धेरैलाई अफिसमा बोलाएर छडीले हिर्काइयो । मैले हरियो रङ्गको सुरुवाल लाएको रहेछु त्यो हरियो सुरुवाल लाउने पनि थियो भनेर मलाई पनि पिटियो ।

मैले धेरैपल्ट आमाबुबा, दिदीदाजु, भाउजु, मामामाइजु, काकाकाकी सबैले साना नानीहरु कुनै बस्तुमा ठोकिएर लड्दा र रुँदा त्यो निर्जिव बस्तुलाई देखाएर, समाएर ए मेरो बाबालाई यस्ले दुखायो यस्लाई पाइया भनेर हिर्काको देखेको छु । त्यस्तै कसैले नानीहरुलाई मन नपर्ने हर्कत गरेर नानीलाई रुने अवस्था भएको भए मेरो नानीलाई रुवाएको ल म पाइया गर्छु भनेर हिर्र्काए जस्तो गरेर फकाएको देखेको छु । कसैले नानीलाई गाली गरेछन्, कुटेछन् भने नानीलाई फकाउन म गएर कुटी दिन्छु, म उसलाई मिठाई दिन्न, आदि भनेर फकाउदँै गरेको देखेर सुनेर म पनि हुर्किएको हुँ ।

हामी नानीहरुले खेलेको होइन पढेको मन पराउँछौं । तर खेल्दै सिक्न सकिन्छ, खेलेर शारीरिक र मानसिकरुपमा स्वस्थ रहन सकिन्छ । यसको आवश्यता बाल्यकाल र किशोर अवमस्थामा झन बढी हुन्छ भन्ने कुरा समाजले बुभ्mनै नसके जस्तो लाग्छ । सिकेको कुरामाभन्दा धेरै नम्बर ल्याएर पास गरेको मन पराउँछौं । आपैmले काम गरेकोभन्दा अरुलाई काम लगाएको मन पराउँछौं । आप्mनो व्यवसाय गरेकोभन्दा जागिर खाएको मन पराउँछौं ।

नानीहरुको मनोविज्ञान र इच्छा सायद चाँडै ठुलो मानिस हुन चाहन्छन् । त्यसैले नानीहरु ठुलाले जे जे गर्छन् उनीहरु त्यही अभिनय गर्छन् । जस्तै भाँडाकुटी खेलमा धेरै नानीहरु भात पकाई खेल्छन् । घर बनाई खेल्छन् । हामी अधिकांस अभिभावक नानीहरुका यस्ता खेललाई बेकारको ठान्दछौं र जतिखेर पनि पढ, लेख मात्रै भन्छौं ।

हामी अभिभावकहरु नानीहरुका अगाडि अरुको कुरा काट्ने गर्छौं, आलोचना गर्छौं । अरुलाई गाली गर्छौं तर तिनै मानिससँग भेट हुँदा उही नानीको अगाडि त्यसरी आलोचना गरेको, कुरा काटेको मानिसको प्रशंसा गर्छौं । नानीहरु रनभुल्लामा पर्छन् । त्यतिमात्रै होइन हामी नानीहरुको अगाडि धेरै झुठ पनि बोल्छौं । यसरी झुठ बोल्नुको कारण विभिन्न हुन्छन् जस्तै हामी नानीहरुलाई झुक्याएर मनोरञ्जन गर्छौं, उनीहरुलाई फकाउन झुटो बोल्छौं र धेरै जसो चाहिँ उनीहरुलाई बेवास्ता गर्छौं, होच्याउँछौं, नानीहरुका कुरालाई खास ध्यान दिदैनौं, मतलव गर्दैनौं, अर्थात हामी नानीहरुलाई एकदमै ‘मिनिमाइज’ गर्छौं । उनीहरुसँग गरेको बाचा एकैछिनमा भुल्छौं, बाचा पुरा गर्दैनौं, आपैmले भनेको कुराको कत्ति पनि वास्ता गर्दैनौं । अझ नानीहरुले हामीले गरेको वाचा सम्झाएर पुरा गर्न कर गरे हकारेर, पिटेर, ढाँटेर, दवावमा राखेर पन्छिन्छौं ।

नानीहरुले खान नमान्दा वा भनेको नमान्दा डर देखाउन पुलिस बोलाउने, बहुलालाई दिने आदि भनेर तर्साउने र नानीहरुलाई कावुमा राख्ने चलन अहिले पनि छँदैछ । नानीहरुलाई पढाउन, लेखाउनका लागि फकाउने गरी भनियो । ‘हेर धेरै पढिस् भने ठुलो मान्छे भइन्छ नत्र त काम गर्नुपर्छ उ फलानो जस्तो’ भनेर मजदुर किसानको उदाहरण दिने गरिएको छ । हामी यस्तै यस्तै घटना हेर्दै सुन्दै हुर्कन पुग्यौं । परिवारमा कुरा गर्दा फलानाले धेरै पैसा कमाएछ हेर कत्रो प्रगति गरेको, अब त उसलाई हाई सञ्चो हुन्छ सुखैसुख हुन्छ, काम नगरी खान पुग्छ । त्यो परिवारका कसैले पनि अब काम गर्नु पर्दैन भनेर काम प्रति अनाकर्षण पैदा गरियो । अर्थात काम बाध्यताले गर्नुपर्छ । काम गर्नु नपरेको राम्रो हो भन्ने वातावरण सृजना गरियो । समाजमा काम गर्ने, पसिना बगाउने मानिसलाई कहिल्यै सम्मानका शव्दले बोलाएको, आरद गरेको सुनिएन । बरु उल्टै काम नगर्नेलाई आदरसम्मान गरेको देखियो । हामी यसरी हुर्किएका रहेछौं र अहिलेको पुस्तालाई पनि लगभग यसरी नै हुर्काउँदै छौं भन्दा हुन्छ ।

जुनकुरा हामी सँधै गर्छौं, देख्छौं, सुन्छौं त्यो हामीलाई सामान्य मात्रै लाग्दैन यो चलन हो हामीले पनि यसै गर्नुपर्छ भन्ने ठान्छौं र गर्छौं । यसको असर के पर्छ भनेर सोच्ने गरिएनछ । मलाई यस्तो लाग्न थालेको छ । मैले यो कुरा किन सोचिरहेको छु भने हाम्रो समाजमा किन नकारात्मक सोच र प्रभाव धेरै छ भनेर खोज्न मन लाग्यो । हामीले भनेको नमान्ने, हामीलाई जानेर वा नजानेर हानी नोक्सानी गर्ने, हामीसँग स्वाभाविक प्रतिस्पर्धा गर्ने मानिस प्रति हामी किन बदला लिन खोज्छौं । किन उसको नोक्सानीमा रमाउँछौं, खुच्चिङ भन्छौं ? अरुसँग प्रतिस्पर्धा गर्न नसकेर पछि परेका हामी अरुको नोक्सानीमा किन मनमनै आनन्छ मान्ने, खुसी हुने अवस्था आउँछ ?

युवा अवस्थामा अरुको विरोध गरेर, अरुलाई नोक्सानी हुने कतिपय कार्य गरेर हामी हुर्किन पुग्यौं । राजनीति बुभ्mने भएदेखि नै अहिलेको पुस्ताले विरोधको राजनीति गरको कारण अहिले सिर्जनात्मक हुन नसकेको पीडा अनुभूत हुन्छ । अहिलेका धेरै नेता विरोधको राजनीति शुरु गरेर, अरुको आलोचना गरेर नेता भएको अवस्था छ ।

समाजमा सिर्जनात्मक कामले खासै महत्व पाएन । उत्पादनको चर्चा भएन । उत्पादन सिर्जनात्मक कर्म हो । सिर्जनात्मक कामका लागि सकारात्मक सोचको आवश्यकता पर्छ । अनुकूल पारिवारिक तथा सामाजिक वातावरण चाहिन्छ । शिक्षा र प्रोत्साहनको खाँचो हुन्छ । मासिक २५ हजारको तलव खाने कतिपय कर्मचारीले करोड पर्ने घर सजिलै बनाएका छन् । राज्यलाई करै नतिर्ने व्यपारी करोडपति र उद्यमिमा गनिन्छन् । व्यवसाय के छ भन्दा केही छैन केही गर्दिन भन्नेहरु सबैभन्दा खर्चिलो जीवन बाच्ने गर्छन् । नेता चन्दा दिन, व्यपारी घुस दिन र कर्मचारी टेवल मुनिको पैसा लिन आतुर छन् । नेताले अरुलाई चन्दा दिने पैसा कसरी आर्जन गर्छन् ? यो विषयमा समाजले कहिल्यै प्रश्न उठाउँदैन । सञ्चारकर्मी सूचना र समाचार होइन विज्ञापन पस्कन्छन् । दाम नदिए कुनै काम हँुदैन । बजेट कमिशनका लागि बन्छ र कमिशनका लागि खर्च गरिन्छ । यो रोग सरकारी निकायमा मात्रै सीमित रहेन । अर्थात समाजमा देखिने सम्पन्नहरुको श्रोत सेवा र सृजनामा होइन कमिशन भएको छ । अब त कतिपयको जीवन नै दलाली र कमिशनबाट धानिएको छ ।

किन समाज यसलाई स्वाभाविक मान्छ ? सायद हामीले सकारात्मक र सिर्जनात्मक हुने अनुकूल वातावरण नै पाएनौं । यसको दोष कसैलाई दिन आवश्यक छैन । किनकि अज्ञानताको दोष दिनुको कुनै अर्थ छैन । जस्तै मेरा बाआमा निरक्षर थिए भनेर दोष दिन मिल्दैन । त्यो समयलाई बुझेर आपूmले राम्रो गर्न प्रयास गर्नुपर्छ । हाम्रो समाजले अवलम्वन गरेका कतिपय चलनलाई हाम्रा अभिभावकले अपनाए । हामीले अपनाइरहेका छौं । जब हामी बुभ्mने हुन्छौ, ठीक र गलत थाहा पाउने हुन्छौं तब गलतलाई छाड्ने र सहीलाई अपनाउने गर्दै जानुपर्छ । परिवर्तनको यो नियमलाई स्विकार्नुपर्छ । मलाई लाग्छ हामीले भोगेको समय निकै पछौटे थियो । हामीमा त्यसको प्रभाव परेको छ । त्यसैले हुनुपर्छ सायद बर्तमान समयमा सकारात्मक र सिर्जनात्मक हुनभन्दा नकारात्मक सोच धेरै छ ।
हामी आपैmले गर्न सक्ने जति कहिल्यै गर्र्दैनौ र नराम्रो भएको सबै अरुलाई दोष दिएर आफु पन्छिन चाहन्छौं । आप्mनो असफलताको सम्पूर्ण दोष अरुमाथि लगाएर बदलाको भाव बोकेर सकृय हुन्छौं । त्यसैले हामी थोरै मात्र सकारात्मक भयौं कि ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: