हामी जुट्दैछौ राहतमा

  प्रकाशित मिति
१ भाद्र २०७४, बिहीबार १५:३९


renuka

नेपाली नारीहरुको महान चाड तिज नजिकिरहेको थियो । सबैमा उत्साह र उमंग भरिएर महिलाहरुले आफू आवद्ध संघसंस्थामा सामूहिक दर खुवाउने खाने प्रबन्धसहित कार्यक्रमको आयोजना गर्न थालिसकेका थिए । सोही अनुरुप नै धुलाबारीमा रहेको सञ्जीवनी महिला विकास संस्थाले पनि विगतमा बाढी प्रभावित क्षेत्रमा राहत बाँडेर मनाएको तीजलाई यसपाली भव्य रुपमा मनाउने योजनासहित कार्यक्रमको चाँजोपाजो साउन ३१ गतेलाई मिलाइएको थियो । प्रायः सबै अतिथि गणलाई निम्तो गरिसकिएको थियो । सहभागीका लागि धुलाबारीमा रहेका त्यसमा पनि किसान बस्ती, झापा मार्ग र मजदूर दिदीबहिनीहरुलाई निम्तो बाँड्दै गर्दा झापामा अचानक बर्षा सुरु भयो । झण्डै ४ दिनसम्म अविरल बर्षा भयो । जसले झापाका दक्षिण क्षेत्रका गाउँपालिका र नगरपालिकाका केही वडाहरु डुबानमा परे । १३ जनाभन्दा बढीको मृत्यु भयो । सयौं विस्तापित भएर पार्टी पौवा र स्कूलको चिसो भूईँमा बास बस्न बाध्य भएका खबरहरु आउन थाले । यस्तो प्राकृतिक विपद आइपरेको बेला हामीले कार्यक्रम गर्न उचित ठानेनौं । तसर्थ झण्डै एक महिना अघि तय भएको कार्यक्रमलाई तत्काल स्थगित गर्यौं ।

कार्यक्रम स्थगित त भयो तर हाम्रा मनहरु ती डुबानमा परेका कलिला नानीहरु, बृद्ध आमाबुबाहरु, सुत्केरी र गर्भवती महिलालाई सम्झेर कुडिलिन थाल्यो । विगतमा धुलाबारीस्थित समाज सुधार महिला संघकी अध्यक्ष संगीता थापा, थोप्लेविरान सामुदायिक वनकी सचिव जानुका ओली, धुलबारी महिला बचत तथा ऋण सहकारीकी महिला विभाग प्रमुख पुष्पा भण्डारी, लक्ष्मी श्रेष्ठ, मञ्जु कट्टेल, सीता पोखरेल, मीरा पोखरेल, सञ्जीवनीकी कोषाध्यक्ष मिना गुरागाई, पत्रकार अम्बिका भण्डारी र ज्ञानेन्द्र निरौलासहित भद्रपुरस्थित भैंसावारी राहत लिएर जाँदा त्यहाँ उपस्थित सुत्केरी र गर्भवती महिला अनि बालबालिकाको झल्झली याद आयो । त्यहाँका बालबालिकाले आन्टी आमा र हजुरआमाहरुका लागि मात्र लुगा खोई हाम्रा लागि ? ति शब्दहरु गतबर्ष नभएर यसपाली नै भनिरहेँ जस्तो कानमा गुञ्जिन थाले । किन भने भैसाबारी फेरि डुबानमा छ । त्यहाँ बर्र्षैपिच्छे डुबान हुन्छ । उनीहरु विस्थापित हुन्छन् । तर बाध्यता र विवशता छ फेरि पुनः त्यही ठाउँमा फर्कने र बसोवास गर्ने उनीहरुको ।
भैंसाबारी मात्र होइन डाँगीबारी, महाभारा, कुञ्जीवारीलगायतका दजनौं स्थानहरु डुबानमा छ । सयौं परिवार विस्थापित भएको छ । यो बेला उनीहरुलाई सहयोगी हात र मनहरुको आवश्यकता छ हामीले त्यही महसूस गर्यौं । र, थोरै भए पनि उनीहरुको बाढीले थिल्थिल्याएको घाउँमा मलम पटट्ी लगाउने जमर्कोसहित पुनः ती स्थानमा राहात लिएर जाँदैछौं । यस्तो पुण्य कर्मका लागि सबै सहयोगी हातहरु अघि बढ्छन् भन्ने विश्वास छ हामीलाई ।

हुन त महिलाहरु मनकारी हुन्छन् तर धनकारी हुन अझै सकेका छैनन् । अधिकांश महिलाहरु अझै पनि श्रीमान, दाजु, भाई बुबाहरुको भरमा जीवनमा निर्वाह गरिरहेका छन् । त्यस्तै महिलाहरुलाई सञ्जीवनीले सीप सिकाएर आत्मनिर्भर बनाउँदै आएको छ । ती मनकारी महिलाहरुले आफूले खाने छाक कटाएर तिजमा माइत जानका लागि किन्ने नयाँ सारी नकिनेर भए पनि राहतका लागि रकम सङ्कलन गर्दैछन् । आउनुस् दाजु भाई तथा दिदी बहिनी र विभिन्न संघसंस्थाहरु जाऊ बाढीले विस्थापित बनाएका स्थानमा राहत लिएर । सञ्जीवनी महिला विकास संस्था यहाँहरुसँग पुनः सहयोगको अपेक्षा गर्र्दैछ राहत जुटाउन ।
(लेखक सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष हुन् )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: