यताकालाई ‘अपमान’, उताकालाई ‘मेजमान’

  प्रकाशित मिति
५ पुष २०७२, आईतवार ०३:५४


 

sima
विर्तामोड । गत असोज १८ गते साँझ ज्यामिरगढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भेषबहादुर राउत तीन जना स्थानीय कृषकलाई लिएर जोरलाजोतस्थित भारतीय सीमा सुरक्षा वल (एसएसवी)को क्याम्पमा काम विशेषले पुगेका थिए । एसएसवीले नेपाली प्रहरीकै अगाडि अपमानजनक ढङ्गले नेपाली नागरिकलाई पिट्यो, हप्कायो र पठायो ।

गत मङ्सिर १३ गते विहान केचना–४ मा १३ जना एसएसवी हतियारसहित नेपाली वस्तीमा मान्छे कुट्न घुसे । सशस्त्र प्रहरीको केचना बोर्डर आउट पोस्ट ( वीओपी)ले घुसपैठियालाई पव्रिmएर क्याम्पमा ल्यायो । तर एसएसवीलाई लोकल कुखुराको मेजमान खुवाएर सहायक सीडीओ समेतको उपस्थितिमा दिउँसो ‘सम्मान’कै शैलीमा छाडियो ।

दुई महिनामा झापामा भएका यी दुई घटनाले सीमा क्षेत्रमा भारतीय एसएसवीबाट नेपाली सुरक्षा निकायको समेत मनोवल गिराउने हिसावले ज्यादति भइरहेको देखाउँछ ।

केचनामा घुसेका हतियारधारी भारतीय एसएसवीलाई विना कार्वाही छाडेर नेपाली प्रशासनले गम्भीर भूल गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।
उनका अनुसार भारतले सैन्य हस्तक्षेपकै शैलीमा खुला सीमाको फाइदा उठाएर आफ्ना फौजलाई पटकपटक दशगजा नाघेर नेपाली वस्ती पु¥याउने गरेको छ । केचनामा सशस्त्र प्रहरीले उनीहरूलाई सप्रमाण पव्रिmएर अन्तर्राष्ट्रिय मञ्चमा भारतको हेपाहा व्यवहार उदाङ्गो पार्ने मौका पाएको थियो । तर नेपाल सम्बन्ध विग्रिने डरले नरम भयो ।

पव्रmाउ परेका भारतीय एसएसवीलाई वीओपीमा लोकल कुखुराको मेजमान खुवाएर सशस्त्र प्रहरीले दिउँसो छाडिदिएको थियो । यसरी छाड्नुमा सशस्त्र प्रहरीको भन्दा पनि प्रशासनको ज्यादा कमजोरी छ । छाड्ने वेलामा झापाका सहायक प्रजिअ डम्मरु निरौला, सशस्त्र सीमा प्रहरी वलका डीएसपी प्रेम पोखरेल र नेपाल प्रहरीको डीएसपी भीम दाहाल उपस्थित थिए ।

गृहमन्त्री शक्ति बस्नेत त्यो दिन छिमेकी जिल्ला सुनसरीको पकौलीमा थिए । एसएसवी पव्रmाउ परेको जानकारी उनलाई पनि थियो । स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरी विना कार्वाही एसएसवीलाई छाड्न नहुने अडानमा थिए । तर, सहायक प्रजिअ निरौलाले ‘माथिको आदेश’ भन्दै माफी मगाएर एसएसवीलाई छाडिदिएका थिए । त्यो ‘माथिको आदेश’ गृहमन्त्रीको थियो कि प्रधानमन्त्रीको भन्ने रहस्य खोजीकै विषय भएको छ ।

भारतका हतियारी सुरक्षाकर्मी पव्रmाउ पर्दा समेत नेपाली पक्षले जसरी सद्भावपूर्वक फिर्ता पठाइदिने गरेको छ । त्यस्तै सद्भावको अलिकिति पनि अनुभव नेपाली पक्षले कहिल्यै गर्न पाएको छैन ।

गत असोज १८ गते साँझ ज्यामिरगढी प्रहरी चौकीका असई राउत र नेपाली कृषकहरू आफ्ना लुटिएका राँगा फिर्ता माग्न सीमापारिको जोरलाजोतस्थित एसएसवी क्याम्प पुगेका थिए । असोज १५ गते ज्यामिरगढी–२ का सन्थाल समुदायले पालेका ११ थान राँगा मेचीको बगरमा चराउनका लागि डोरीले खुटिएकै स्थानबाट विहान ९ बजेतिर लुटेर भारत लगिएको थियो ।

दशगजाभन्दा दुई सय मिटर भित्र नेपाली भूभागमै खुटिएका ती राँगा एसएसवीले जबर्जस्ती लगेको रहेछ । त्यही राँगा फिर्ता माग्न असई राउतको टोली एसएसवी क्याम्पसम्म पुगेको हो ।

भारतीय एसएसवीले केचनामा घुस्दा मेजमान पाएका थिए । तर नेपाली प्रहरी र नेपाली नागरिकको टोलीले राँगा फिर्ता माग्न जाँदा एसएसवीबाट अपमानजनक व्यवहार व्यहोर्नु परेको थियो ।

राँगा फिर्ता गर्न नेपाल प्रहरीले गरेको आग्रह एसएसवीले मानेन । उल्टै दुई जना राँगाधनीलाई ‘तस्कर’ भन्दै कुटपिट गरेको थियो । एसएसवीले नेपाल प्रहरीकै सामुन्ने ज्यामिरगढी–२ का सुनिराम टुडु र सोम टुडुलाई पिटेको हो ।

‘राँगा फिर्ता माग्न जाँदा पिट्यो’, पीडित सुनिराम टुडु त्यहाँको घटना सुनाउँदै लोकतन्त्र पोस्टसँग भन्छन्–‘हाम्रा असई सावले पनि केही बोल्न सक्नु भएन ।’ एसएसवीले राँगा फिर्ता नदिए पछि उनीहरू खाली हात फर्किएका थिए ।

ज्यामिरगढी–२ भिन्डीवस्तीका सन्थाल अगुवा कमलेस मर्डीका अनुसार स्थानीय सन्थाल समुदायले पालेका राँगा विहान मेचीको बगरमा लगेर चरनका लागि डोरीमा खुट्ने बर्षौदेखिको चलन छ । बगानको मजदुरीमा जानु पर्ने भएकाले उनीहरू दिउँसो राँगालाई पानी खुवाउन र बेलुका घर ल्याउन मात्र भ्याउँछन् ।
त्यस दिन हतियारधारी एसएसवी दशगजा नाघेर नेपाली क्षेत्रमा पर्ने बगरमा आएका थिए । उनीहरूले पिटानी (तस्करी)का राँगा भन्दै खुट्टि उखेलेर ११ थान राँगा भारततिर लगेका थिए ।

ती राँगा सोम टुडुको एक थान, सुनिराम टुडुको २ थान, लखन किस्कुको २ थान, पल्टन मुर्मुको २ थान, दिनीराम मुर्मुको २ थान, श्याम बेस्राको २ थान र सुकुर बेस्राको एक थान रहेका थिए ।

एसएसवीले राँगा लुटेको समाचार लोकतन्त्र पोस्टले गत असोज १७ गते पहिलो पृष्ठमै प्रकाशित गरेको थियो ।
नेपाली चरनबाट लुटेर लगेका राँगा एसएसवीले फिर्ता दिनुको साटो पानीटङ्की भन्सारमा दाखिला गरिदिएको थियो । नेपालीहरूले १ लाख ४ हजार भारु तिरेर आफ्नै राँगा किनेर ल्याएका छन् । (रकम तिरेको लिखित प्रमाण लोकतन्त्र पोस्टसँग सुरक्षित छ ।)

आफ्नै राँगा किनेर ल्याएका सुनिरामले भारतीय एसएसवीको ज्यादति सीमा क्षेत्रमा ज्यादै बढेको बताए । एसएसवीले दिनहुँजसो दशगजा नाघेर नेपाली भागमा गस्ती गर्ने गरेको र अनाहकमा हकारपकार गर्दै आएको स्थानीयबासी बताउँछन् ।

सुनिरामले राँगा फिर्ता ल्याउन घरको ३ थान खसी र एक थान गाइको बाछो बेच्नु परेको बताए । श्याम बेस्रा ऋण काढेर राँगा फिर्ता ल्याएको बताउँछन् । ‘विहान खाए, बेलुका के खाउँ’ भन्ने अवस्थाका उनीहरू एसएसवीको ज्यादति नरोकिए सीमाका वस्तीमा बस्नै नसकिने अवस्था आउने पीडा सुनाउँछन् ।
सीमा सम्बन्धी अन्तर्राष्ट्रिय नियम भारत र नेपालका सुरक्षाकर्मीलाई बराबरी लाग्ने.हो । तर उताका सुरक्षाकर्मी चाहिँ ज्यादति गरेको ग¥यै र यताका चाहिँ हेरेको हे¥यै गरेको अवस्था अहिले छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: