के पुरुषले घरको काम गर्नै हुँदैन ?

  प्रकाशित मिति
१ जेष्ठ २०७३, शनिबार १३:५०


mahila samasya 1
‘ड्याडी मेरो एड्मिसन गरिदिनुभयो ?’
‘ममीलाई सोध्नु ।’

‘अस्ति किताब सबै पाइएन, आज जाउँ न पसलमा । आयो कि ?’
‘ममीसँग जानु ।’

‘मेरो स्कूलको ड्रेस नयाँ किन्नु पर्ने ?’
‘ममीलाई भन्नु ।’

‘हाम्रो स्कूलमा मुटु रोगीलाई आज चन्दा दिनुपर्ने रे, ५० रुपैयाँ ल्याउनु भन्नुभएको छ सरले ।’
‘ममीसँग माग्नु ।’

‘ड्याडी खाना पाक्यो होला, ममी लुगा धुनु हुँदैछ, पस्किदिनु न ?’
‘पर्खी, ममीले पस्किदिन्छे ।’

‘नास्ता के लैजानु ?’
‘खै तेरै ममीले जान्दछे ।’

‘सबै काम ममीले मात्र गर्नुहुन्छ भने तपाई चाहिँ के गर्नुहुन्छ ड्याडी ?’
‘म अफिसको काम ।’

‘ममी पनि त तपाईजस्तै अफिसको काम पनि गर्नुहुन्छ नि ?’
‘बढ्ता नबोल ।’

बाबुको स्कूल जाने समय भइसकेको थियो । म बाथरुममा लुगा धुँदै थिएँ । बाबु मेरो छेउमै आएर रुन्चे स्वर पारेर भन्यो–‘मामु खाना दिनु न मेरो स्कूल जाने समय भयो ?’

धँुदै गरेको लुगा छाडेर किचन छिरेँ । बाबुलाई खाना खुवाउँदै टिफिन तयार गरिदिएँ । अहो विहानको ९ बजिसकेछ । हैट ! दिन पनि कति छिटो बितेको । विहान ४ बजेदेखि उठेर गर्दा पनि काम सक्नै मुश्किल । मैले बाथरुपमा थुप्रिएका लुगा राति धुने निधो गरेँ । फटाफट भान्साको काम सकेर अफिस निस्कनु पर्ने । आज थुप्रै कार्यव्रmमको निम्तो पनि छ । विहानको कार्यक्रममा जान पनि भ्याइएन ।

बैठक कोठामा टीभी हेरेर बसेका पतिज्यूलाई पनि खाना खाना निम्तो दिएँ । सासु, ससुरा र अन्य परिवार सबैलाई खाना खुवाइसक्दा विहानको १० बजेछ ।

‘मेरो लुगा कता छ ? विहानभरि घरमै हल्लियो अनि कसरी व्यवसाय फस्टाउँछ त ?’–उनी फत्फताउँदै थिए । पतिका लुगा ठीक पारेर आफू पनि तयार भएँ । दुवै जनालाई एउटै कार्यव्रmममा निम्तो रहेछ । हतारहतार कार्यक्रमस्थलतिर बाटोभरि नबोली लागियो ।

हलभित्र प्रवेश गर्दा कार्यक्रम सुरु भइसकेको रहेछ । दुवैलाई अतिथि आसन ग्रहण गराए । कार्यक्रम रहेछ ‘महिला सशक्तिकरणमा पुरुषको भूमिका’ विषयक अन्तरव्रिmयाको ।

त्यहाँ समाजमा प्रतिष्ठित भनिएका थुप्रै व्यक्तित्वहरूको उपस्थिति थियो । अनि राजनीतिक दलका उपल्लो मानिएका नेताको । सबै पालैपालो बोल्दै थिए –‘जबसम्म हामी हाम्रा दिदी बहिनी, आमा र बुहारीलाई सम्मान, प्रोत्साहन र अवसर दिलाउन सक्दैनौँ, तबसम्म महिला सशक्तिकरण हुन गाह्रो छ ।’

त्यत्तिकैमा पतिज्यूको पालो आयो । मञ्चमा पुगेर माइक समाउने वित्तिकै भाषण सुरु भयो–‘आज तपाईहरूको यस कार्यक्रम भाग लिन आउनुभन्दा अघि मैले पत्नीलाई घर सफा गर्न, लुगा धुन र खाना पकाउन सघाए । किनभने हामीले महिला सशक्तिकरणका कुरा गरिरहँदा अरुलाई यसो गर्नु पर्छ, उसो गर्नु पर्छ भनेर उपदेश फलाकेर मात्र हुँदैन , हामी आफै उदाहरण बनेर देखाउन सक्नु पर्छ , उहाँहरूलाई सामाजिक क्षेत्रमा स्थापित गर्नका लागि हामीले घरको आधा काम सघाउनु पर्छ । यो काम पुरुषले गर्न नहुने महिलाले मात्र गर्न हुने भनेर कहिँ लेखिएको हुँदैन ।’

उहाँको कुरा सुनेर मलाई रिस उठ्यो । जुरुक्क उठेर ‘उहाँका कुरा झुठा हुन्’ भनुँ कि जस्तो लाग्यो । विहान छोरासँग घरमा भएको वार्तालापको याद आयो । घरमा रहुन्जेल सबै काम पत्नीको ठान्ने पुरुषहरू मञ्च पाउने वित्तिकै किन यस्तो कुरा गर्छन् ? के आसन र भाषणमा मात्र सीमित कुराले महिला सशक्तिकरण होला ? किन हाम्रा पुरुषहरू यसरी विरोधाभाषी हुन्छन् ? घरमा रहेका आमा, दिदी बहिनी र पत्नीलाई किन मायाको नाटक गर्छन् ? मनभित्र प्रश्नको आँधी उर्लियो ।

हिजो घरबाट बाहिर निस्केर हिंड्न र बोल्न बन्देज लगाएका महिलाहरुमा परिवर्तन आयो । उनीहरु आज घरपरिवारसँगै समाज र राष्ट्र हाँकिरहेका छन् । तर, मञ्चमा मात्र घरका काम आधा सम्हाल्छु भन्ने पुरुषहरुमा परिवर्तन आउन सकेन । यसले गर्दा महिलाहरु कामको दोहोरो मारमा परेका छन् । घरको काममा सहयोग भएन भने महिलाले बाहिरका काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसकारण अनुरोध छ खोव्रmो भाषणले समाज र संस्कार परिवर्तन हुन असम्भव छ, बोलीलाई व्यवहारमा कार्यवन्यन गर्नतर्फ लाग्यौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: