हाम्रो नेपाल साकोसको नाफा ५६ लाख

  प्रकाशित मिति
१४ श्रावण २०७७, बुधबार २२:५५


मेचीनगर, १४ साउन । हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिकोत्सव बुधबार बिर्तामोडमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भगीरथ आले मामा, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दंगालले २०६९ साल साउन १४ गते स्थापना भएको संस्थाको सेवा केन्द्र १५ वटा, शेयर सदस्य १० हजार ४ सय, शेयर पुँजी सात करोड ४७ लाख ९९ हजार पाँच सय रुपैयाँ, निक्षेप संकलन ४७ करोड ९० लाख ६९ हजार ६ सय ४० रुपैयाँ, ऋण लगानी ६३ करोड २५ लाख ४६ हजार २ सय ६४ रुपैयाँ रहेको बताए ।

त्यस्तै संस्थाको आम्दानी ९ करोड ४९ लाख २८ हजार छ सय ३३ रुपैयाँ, खर्च ८ करोड ९३ लाख २७ हजार ३९ रुपैयाँ र संस्थाले ५६ लाख एक हजार पाँच सय ९३ रुपैयाँ खुद नाफा गरेको उनले जानकारी दिए ।

त्यसैगरी संस्थाको कूल कारोवार (वासलात) ९५ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ रहेको बताइएको छ ।

संस्थाले लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असार मसान्तसम्मको चार महिनाको अवधिमा दुई हजार तीन सय ३२ जना ऋणी सदस्यहरुको पाकेकोे ऋणको ब्याजमा १० प्रतिशत अर्थात् २९ लाख ३७ हजार ९ सय २८ रुपैयाँ व्याज मिनाह गरेको उनले वताए ।

त्यस्तै संस्थाले लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असार मसान्तसम्मको चार महिनाको अवधिमा लिएको ऋणको १२ लाख १४ हजार रुपैयाँ हर्जाना जरीवाना मिनाह गरेको, ऋणी सदस्यहरुलाई ऋणको स्वेच्छिक किस्ता तिर्ने व्यवस्था शून्य प्रतिशत व्याजमा कर्जाको व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसको संक्रमणवाट वच्न तीन हजार शेयर सदस्य र संस्थाका कर्मचारी, सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी गरी एक सय ५० जनाको कोरोना बीमा गरिएको उनले वताए ।

लकडाउनको अवधिमा सदस्यहरुलाई स्वास्थ्य सचेतना सञ्चालन, बिर्तामोडका दुई सय १२ जना शेयर सदस्यलाई एक लाख ९० हजार रुपैयाँ वरावरको खाद्यान्न सामग्री वितरण, बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ, अर्जुनधारा, कनकाई, भद्रपुर, मेचीनगर, शिवसताक्षी, गौरादह नगरपालिका, हल्दीवारी, बाह्दशी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष र नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जनही ५१ हजार रुपैयाँ गरी जम्मा ६ लाख ११ हजार रुपैयाँ प्रदान गरिएको जनाएको छ ।

त्यसैगरी ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरवाट झापाको सुरुङ्गा कोटीहोम स्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका स्थापनाका लागि झापा जिल्ला सहकारी संघले घोषणा गरेको सहकारी अभियान मार्फत एक लाख एक हजार रुपैयाँ प्रदान गरेको उनले वताए ।

पछिल्लो समय संस्थामा सदस्यहरुको विश्वास वढ्दै गएकाले संस्थाले दमक र केरखामा थप सदस्य सेवा केन्द्र सञ्चालन गरिएको छ ।

विश्व कोरोना महामारीको संक्रमणकालीन अवस्थामा पनि संस्थाले हप्तामा छ दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पृथ्वी ओलीे, सदस्यहरु राजेन्द्र गौतम, कविता वुढाथोकी, शसिता राई, तुलसीराम गौतम, ऋण उपसमितिका सदस्य लोकप्रसाद ओली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: