बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारणसभा विहीबार अग्रसेन भवनमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाले झापा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरण बानियाँलाई सहकारी वर्ष व्यक्तित्वको उपाधिसहित सम्मान गरेको छ ।
त्यसैगरी उत्कृष्ट बचतकर्ताका रुपमा बिर्तामोडका शिरोमणि भट्टराई , अंकिता कार्की ,सुरुङ्गाका बन्दना चौधरी ,बाह्रदशीका अलिन अख्तर पनि सम्मानीत भएका छन् । यस्तै उत्कृष्ठ ऋणी तर्फ अर्जुनधाराका मनमाया तामाङ, कन्काईका सेते तामाङ, हल्दिबारीका अनिता गुरुङ सम्मानित भएका छन् ।यस्तै उत्कृष्ठ बाल बचतकर्ता कन्काइका राधना साह ,एसइइमा उत्कृष्ठ अंक ल्याएकी छात्र अंकिता कार्की र उत्कृष्ठ सेवा केन्द्रको रुपमा सुरुङ्गा सेवा केन्द्र सम्मानीत भएका छन् ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दङ्गालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बचत निक्षेपमा आर्थिक वर्ष २०७२र०७३ को तुलनामा आर्थिक वर्ष ०७३र०७४ मा ५५।८८ प्रतिशत अर्थात ४ करोड ४६ लाख ७ हजार ६ सय ४९ रुपयाले वृद्धि भई १२ कडोर ४४ लाख ३६ हजार ८ सय १४ पुगेको जानकारी दिए । संस्थाको आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा आर्थिक वर्ष ०७३र०७४ मा संस्थाको कोषमा १०४ प्रतिशतले वृद्धि भई १ करोड १४ लाख ३४ हजार ६सय ६५ पुगेको छ ।
उनले आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा आर्थिक वर्ष ०७३÷०७४ मा ३४.५२ प्रतिशतले शेयर रकममा वृद्धि भई ३ करोड ४७ लाख २४ हजार ४ सय पुर्याएको बताए ।
संघका अध्यक्ष भवानीप्रसाद दङ्गालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघ लि.का शिव कुमार डाँगीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई ,झापा जिल्ला सहकारी संघ लिका पूर्व अध्यक्ष हरिचरण बानियाँ ,जिल्ला बचत तथा ऋण सहकारी संघ लिं.का सहसचिव उपेन्द्र प्रसाद ओली , विभिन्न सहकारी संस्थाका प्रतिनिधि , संस्थाका सेयर सदस्य , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।