हाम्रो समाजभित्रको कुसंस्कार

  प्रकाशित मिति
१२ श्रावण २०७३, बुधबार ११:१३


barne 2

शास्त्रका ज्ञाता तथा विद्वानहरुले भनेका छन्– महाभारत यस्तो कृति हो जसलाई विज्ञान भनेर पढियो भने त्यहाँ विज्ञान छ । इतिहास भनेर पढियो भने इतिहास छ । दर्शन भनेर पढियो भने दर्शन छ । धर्म छ, विचार छ, न्याय छ, सत्य छ, त्याग छ । सारै धेरै कुरा छ, महाभारतमा । धर्मअन्धले मात्र होइन, सबैखाले मान्छेले अध्ययन गर्नुपर्ने कृति हो– महाभारत ।

महाभारतमा दुईपक्ष छन्, पापपक्ष कौरव र धर्मपक्ष पाण्डव । कौरव पक्षमा त्यस युगका विद्वान, गुरु, महात्मा, परिवारका सर्वश्रेष्ठ व्यक्ति र ज्ञानीहरुको साथ थियो । पाण्डव पक्षमा केवल कृष्णको साथ थियो । त्यस पारिवारिक द्वन्द्वमा पाण्डवहरुले जतिसुकै लचकता देखाएपनि कौरव पक्षले त्यसको सम्मान नगरेपछि युद्धको घोषणा भयो । जुन युद्ध १८ दिनसम्म चलेको थियो । त्यस युद्धले एउटा युगकै अन्त्य भएको पनि मानिन्छ । त्यस युद्धका तिन महत्वपूर्ण पात्र हुन्– अर्जुन, कर्ण र कृष्ण ।

सुद्रपुत्र भएका कारण सर्वत्र अपमान भोग्ने गरेका महाज्ञानी, महादानी, धनुर्धर कर्ण, दुर्योधनको सानो सद्भावका कारण कौरव पक्षबाट युद्धमा सामेल भए । दुर्योधनको घमण्ड, अन्याय, छल र पापसँग उनको आत्मा कहिल्यै सहमत हुँदैनथ्यो । तर, उनी जबरजस्ती आफ्नै आत्माको आवाजलाई चुप लगाउँथे । कतिपय अवस्थामा उनको हृदय पग्लिन्थ्यो, शरीरमा कम्पन उठ्थ्यो, आँखाबाट आँशु बर्सिन्थे तथापि मौन रहन्थे । संस्कृतमा श्लोक नै छ – मौनम स्वीकृत्य लक्षणम् ।
एक सर्वश्रेष्ठ धनुर्धर योद्धा कर्णको अन्त्य उनी निशस्त्र भएका बखतमात्र सम्भव थियो । तमाम पापका कार्यमा मौनतापूर्वक साथ दिएर पापको भागीदार भएका कारण धर्मयुद्धको नियम पालना नगरेरै पनि कर्णको अन्त्य गर्नु आवश्यक छ भनी अर्जुनलाई बुझाउन कृष्णलाई निक्कै हम्मे परेको थियो । कर्णको आत्मा जहिले पनि सही बोल्थ्यो । तर, उनी निर्णय लिन गल्ती गर्थे । पापमाथि पापको बोझ थपिरहेका थिए । कृष्णले अर्जुनलाई भनेका छन् कि कर्णको पवित्र आत्मालाई थप पापको भार नबोकाउन र गरेका पापको भारबाट मुक्ति दिलाउन उनीमाथि प्रहार गर्नैपर्छ ।

सन्दर्भ भर्खरै बुधबारेमा एउटी ११ बर्षे नाबालिकामाथि भएको जघन्य अपराधको हो । शान्तिनगरकी ११ बर्षे अबोध बालिका, जुन उमेरमा मामाघरको रमाइलोको मात्र बोध हुन्छ अनि छुट्टी हुनासाथ फुर्र उड्न मन लाग्छ, मामाघरतिरै । ११ वर्षे बालिकाको फ्यातुलो मांसपेशी कसिनसम्म थालेको हुँदैन । पूmलका पत्रहरुजस्तै कोमल हुन्छ शरीर । जुन उमेरमा नारी र पुरुष बिचको भेद र सम्बन्धको अर्थसम्म थाहा हुँदैन । त्यो पुरुष किन आफ्नो छेउछाउ आउँदैछ भनेर बुझ्दैन, किन जबरजस्ती दुर्गन्धित बाहुले किच्दैछ पनि बुझ्दैन, किन आफूमाथि यसरी पीडाका बज्रहरु ठोक्दैछ पनि बुझ्दैन, अनि किन मेरो घाँटी पनि रेट्न थालेको होला भन्ने पनि बुझ्दैन । त्यति अबोध, त्यति निरीह प्रकृतिको त्यो अनुपम अस्तित्वलाई त्यति दर्दनाक पीडा दिएर हत्या गर्ने त्यस पापी पुरुषलाई शास्त्रका कसीमा जुधाएर हेर्दा के सजाय उपयुक्त होला ?

द्रौपदीलाई राजसभामा सारी खोलेर अपमान गर्ने दुर्योधनको जाङ तोडेर निस्किएको रगतबाट द्रौपदीको कपाल धोएर अपमानको बदला दिइएको थियो महाभारतमा । त्यस कृतिलाई सत्य स्थापनाका खातिर गरिएको सही निर्णय भनी धर्मग्रन्थका रुपमा ८१ प्रतिसतभन्दा बढी हिन्दुहरु भएको हाम्रो देशमा दिनरात पुजा गरिन्छ, श्रद्धा गरिन्छ, ढोगिन्छ । तर, यहाँ अहिले द्रौपदी माथि भन्दा घोर जघन्य अपराध भएको छ तनुजामाथि । शास्त्रहरुको पुजन र अन्धभक्ति धर्म होइन, शास्त्रका दृष्टान्त र मर्मलाई समयसापेक्ष व्यवहारमा उतार्नु चाहि धर्म हो । शास्त्रले पापीको अन्त्यको दृष्टान्त दिएको छ । त्यस्ता पापीलाई मृत्युदण्डभन्दा कमको अर्को कुनै सजाय हुनै सक्दैन ।

आज हामी सोच्दै हौँला कि त्यो निर्मम घटना तनुजामाथि त घट्यो नि । पीडा त्यसैका बाबुआमा र आफन्तले त भोग्दैछन् नि । मेरी छोरी, भाञ्जी, भतिजी त आखिर सुरक्षित नै छन् । तर, त्यसो होइन यहाँ कोही सुरक्षित छैन । कोही भयरहित छैन । कतिबेला त्यो बज्र आफ्नो छातीमा बज्रिन्छ भन्ने टुङ्गो छैन । यहाँ कति तनुजाहरु बषाँैदेखि मारिँदै आए ? हामीलाई त्यो अन्याय पटक्कै मन परेन । ती समाचार सुन्दै गर्दा कतिपटक पीडाले शरीरमा कम्पन उठ्यो, हृदय छियाछिया भयो, आँखाबाट आँशु झर्यो । तर, हामी चुपचाप बसिरह्याँै कर्ण बनेर । मौनतापूर्वक हामीले अपराधलाई स्वीकार गर्याँै । हामै्र आँखा अगाडि भारतमा यस्तै अपराध विरुद्ध सारा मानिसहरु जागे । धर्मका खातिर न्यायको स्थापना गरेरै छोडे । हामी त्यसको मौन रमिते मात्र बन्यौँ । यो मौनता कायम रहेमा कुनै दिन त यस्तो आउने छ जुन दिन कर्णले जस्तै हाम्रो पापको सजाय हामीले पाइरहेका हुनेछौँ ।

शास्त्रमा भनिएका कर्ण, भीष्मपितामह, द्रोणाचार्य लगायतका ज्ञानी, गुरु, विद्वान तथा महात्माहरु भनेका अहिलेको समाजका हामी आममानिस हौँ । हामी सबै कौरवको पक्षमा छौँ । पापलाई चिनेर, मनले धिक्कारेर पनि हामी आवाज दिदैनौँ । मौन रहेर पापीलाई सघाइरहेका छौंँ । कृष्ण भनेको हाम्रो आफ्नै मन रहेछ, जसले जहिले पनि न्यायको लागि कार्य गर्न प्रेरित गर्छ । हामीभित्रको कृष्णले हामीलाई सत्य र धर्मको लागि कार्य गर्न प्रेरित गरिरहँदा हामीले मनको आवाजलाई सुन्यौँ र कार्य गर्याँै भने अर्जुन हुँदारहेछौँ अनि सुनेनाँै भने कर्ण ।

नेपालका अन्य मुख्य धर्महरु बौद्ध, इस्लाम, व्रिmस्चियन, किराँत आदिका धर्मग्रन्थहरुले पनि धर्म र न्यायको पक्षमा नै ज्ञान दिएका छन् । अब देशका हरेका धर्म, जात, लिङ्ग र क्षेत्रका मान्छेले धर्मको स्थापनाका लागि पापीहरुको नाश गर्ने कानुनको माग गर्नुपर्दछ । हाम्रो आवाज यहीँ बुलन्द होस् कि हाम्रो माग पूरा गर्न राज्य व्यवस्था बाध्य बनोस् । मैले यस्ती आमा पनि देखँे, जसको छोराले बाटामा हिँड्दै गरेकी केटीलाई बेकारमा जिस्क्याएर दुःख दिँदै गर्दा अनि केटीहरुका बारेमा अपशब्दहरु बोल्दै गर्दा हि..हि..हि.. गरेर छोराको सपोर्टमा हाँस्दै हुन्छिन् । कस्तो संस्कार ? आज त्यत्तिको काममा आमाको सपोर्ट पाएपछि भोलि के–के सम्म गर्ला ? अनि आफ्नी छोरीमाथि त्यही व्यवहार कसैले देखायो भने चाँहि कस्तो लाग्छ ? त्यस्तै कुनै स्त्री सम्बन्धी खराब काम गरेर आएको छोरालाई बाबुले ढाडस दिँदै भने– मर्दको छोरोले त्यति गर्छ त । यी घटना मेरो कानमा सुटुक्क आएका होइनन् । सर्वत्र व्याप्त छ ।

सतीप्रथा नेपालको प्राचिन संस्कार थियो । चन्द्रशमशेरले यस प्रथा अन्त्य गर्ने कानुन बनाए । अहिले कसैले चितामा ज्यूँदै डढेर मर्नु पर्दैन । त्यस्तै, अर्को कुसंस्कार हो बालविवाह । छोरी रजस्वला नहुँदै विवाह गरिदिए पुण्य प्राप्त हुन्छ भन्ने कुसंस्कार व्याप्त थियो । अहिले त्यसको अवशेषमात्र कतै–कतै होलान्, कानुनी सजायको डरले लुकीछिपी रहेका । एउटा भनाइ नै छ– नामर्दका एउटी स्वास्नी मर्दका दस । यो बहुविवाह संस्कारलाई प्रश्रय दिने भनाइ हो । तर, कानुनी व्यवस्थामा बहुविवाहलाई प्रतिबन्ध गरेपछि यस्ता भनाइहरु पनि ओझेल परे अनि हरेक घरमा हुने बहुविवाह पनि अवशेषकै रुपमा मात्र छ । अरु थुपै्र यस्ता उदाहरणहरु छन् जुन कानुन बनिएपछि संस्कार नै फेरिए । त्यसैले यस्ता अक्षम्य अपराधीहरु (बलात्कारी, हत्यारा आदि) लाई मृत्युदण्डको सजाय कानुनमा व्यवस्था भएमा छोराका स–साना कर्तुतमा हाँस्ने आमा र ढाडस दिने बाबुले पनि संस्कार परिवर्तन गर्नेछन् । भयवाद लागू हुनेछ, आपराधिक मनोवृत्ति कमजोर हुनेछ र विस्तारै अपराधमा कमी आउन थाल्नेछ । र, समाजमा सत्य र न्याय स्थापित हुनेछ ।
मेचीनगर–६, धुलाबारी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: