हाम्रो ‘साठी प्लस’ समाज

  प्रकाशित मिति
९ पुष २०७२, बिहीबार ०९:२९


sixty plus 1
१.परिचय ः
‘साठी प्लस समाज’ बृद्धबृद्धा आमाबाबाको समाज हो । साठी वर्ष पारगरी माथि जतिसुकै वर्षका आमाबुबालाई यस समाजमा राख्न लिन सकिन्छ । मेचीनगरमा गत बर्षदेखि यो समाज चर्चामा रहेको छ । यसै नामबाट संस्था समेत स्थापना भइसकेको छ ।

सत्तरी वर्ष पार गरेकाहरूलाई जेष्ठ नागरिक भनी प्रचलनमा ल्याइएको छ । यो प्रचलन राज्यबाटै सुरु भएको हो । राज्यले ज्येष्ठ नागरिकलाई केही सुविधा दिए पनि त्यसमा सबैको पहुँच पुग्न सकेको छैन । गाउँ–बस्तीमा पर्याप्त रुपमा यसको जानकारी हुन सकेको छैन । राज्यले ६० वर्षमा नोकरी अवधि पूरा गरेका नागरिकलाई अवकाश दिने कानुनी व्यवस्था गरेको हुँदा ज्येष्ठ नागरिकको परिभाषामा ६० बर्ष माथि उमेर भएका सबैलाई समेटिनु उपयुक्त हुन्छ । त्यसैले हामीले संस्थाको नाम ‘साठी प्लस समाज’ राखेका छौँ ।

२.उद्देश्य ः
हाम्रो समाज धेरै विविधता, संस्कार र संस्कृतिले भरिएको धनी र ठुलो छ । आधुनिक सुधारका नाममा हाम्रो समाजमा विसङ्गति, विकृतिहरू पनिको प्रवेश हुँदै आएको छ । विकृतिले समाजलाई विभाजित र नोक्सानी पु¥याउँछ । यति ठुलो गौरवपूर्ण इतिहास बोकेको समाजमा मिसिन खोज्दै गरेको विसङ्गति विकृतिलाई रोक्नका लागि अभिभावकको पनि उत्तिकै भूमिका हुन्छ ।
अपहेलित, असक्त, असहाय र अन्यायमा परेका सबै समुदायका वृद्धवृद्धालाई न्याय दिलाउँदै केही सामाजिक  सद्भावपूर्ण संस्कार बसाउन सकिन्छ कि भनेर मेचीनगरमा यो ‘साठी प्लस समाज’ स्थापना भएको हो ।

यहाँका केही अग्रज बौद्धिकहरूको विचारबाट प्रेरित भएर यसको स्थापना भएको हो । हरेक गाउँ वस्ती शहरभित्र पसी शान्ति स्थापित गर्ने यसको उद्देश्य रहेको छ ।

३.जनचेतनाको बाटो ः
कहिलेकाहीँ यसो हिड्दाडुल्दा हाम्रा जुनियर आधुनिक सभ्यतामा हुर्कन लागेका युवा जन शक्तिहरू असभ्यताभित्र लम्किरहेको देखिन्छन् । मोवाइल जस्ता आधुनिक यान्त्रिक साधन स्रोतको प्रयोगले वा लागुऔषध सेवनको कुलतले नयाँ पुस्ता नराम्ररी विग्रिएको छ ।

हाम्रो साठी प्लस समाजले सुधारोन्मुख कार्यव्रmमद्वारा असल र सभ्य समाजको निर्माणमा भूमिका खेल्ने र युवा पुस्तालाई सकारात्मक बाटोमा हिँड्न प्रेरित गर्दै लैजाने यसले योजना बनाएको छ । घमण्ड र लागु औषध सेवन राम्रो हैन भन्ने चेतनाको विकास गराउने यसको सोचाइ हो । बोलीवचन र व्यवहार असल राम्रो बनाउने पनि समाजको ध्येय हो ।

४.काम र कत्र्तव्य ः
साझा अभिमतको कदर गर्दै समाजमा काम गर्ने, निर्दिष्ट विचार, भावनाको मर्मबुझी कर्तव्यनिष्ट ठानी सहयोग गर्ने, सभ्य समाज बनाउन प्रोत्साहन दिने यसको काम र कत्र्तव्य हो ।

राजनीतिक प्रभाव र व्यक्तिबादी सिद्धान्तबाट बाहिरिएर सिङ्गो समाजमा भएको कठिनाइलाई मात्र आत्मसात गरी काम गर्ने यसको कत्र्तव्य हो । सामाजिक रुपान्तरणको निमित्त आलोचना, टिप्पणी, सुझावलाई गम्भीरतापूर्वक लिने दिने यसको काम हो ।

५.लक्ष्य ः
बृद्धबृद्धा आमाबुबाहरू कारणवश घर–परिवार वा अन्य दुर्घटनामा लान्छित भएमा विचलित हुन नदिने हाम्रो लक्ष्य हो । समाजमा शान्तिपूर्वक, आत्मसम्मानपूर्वक र सुविधाजनक जीवन वाँच्न पाउनु साठी प्लसका मानिसको अधिकार हो । उनीहरूको जीवनमा खुशी, सुखीपन ल्याउन र सडक गल्छीमा रात काट्नुपर्ने, दैनिक झैँझगडाको पीडाबाट अल्झिएर रहनु परेको अवस्थामा उनीहरूको संरक्षण गर्ने यस संस्थाको लक्ष्य हो ।

भोलि संस्थाप्रति आबद्ध भई संस्थाद्वारा त्यस्ता व्यक्ति, परिवारको जर्गेना गर्नुपर्ने दायित्व आएमा आश्रमको आवश्यकता पर्दछ । जमिन कम्पाउण्ड आवश्यकता पर्दछ । दानवीरहरूको जरुरी पर्दछ । त्यो महान कार्य सम्पन्न गर्ने गरी एउटा नयाँ आदर्श समाजको परिकल्पना बोकी बदलिँदो परिस्थितिमा वृद्धवृद्धालाई राजनीतिक, पारिवारिक र सामाजिक हक र न्याय दिलाउनु साठी प्लस समाजको लक्ष्य हो ।

राष्ट्रप्रेम मौलाउने विचार यस साठी प्लस समाजले दिलाउन सक्ने विश्वास राखेको छ । हाल युवा–युवतीमा आएको आधुनिकीकरण, केश कटिङ, फेसन सपिङ, मोबाइल, फेसबुकले पारेको असर बारेमा साठी प्लस चिन्ता प्रकट गर्दछ ।

६. उपसंहार ः
कुनै पनि संस्थाले सुरुमै सबै काम भ्याउन असमर्थ हुन्छ । हाम्रो साठी प्लस समाज भर्खरै जन्मिएको छ । पूर्वको घाम झुल्किने मेचीनगरबाट उदाएको यो संस्था विस्तारै मुलुकभर परिचित हुने गरी राम्रा राम्रा काम गर्दै जाने सङ्कल्प गर्दछ ।
(मेचीनगर–१ खयरडाँगी निवासी लेखक साठी प्लस समाजका सहसचिव हुन् ।)
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: