हार्दिक विदाइ डा.बालकृष्ण

  प्रकाशित मिति
१० चैत्र २०७४, शनिबार १०:४७



बाली नाली फल्योफुल्यो उसकै सत्र पर्छ,
गाउँ ठाउँ पसीपसी उफ्रीपाफ्री गर्छ ।
रिङ्केबुङको राँगोलाई ÷ वैतडीमा बाँधेर
ताप्लेजुङमा ताकेर ÷ चुङ्केबुङको चुलेंसीले
अरुण तम्मर तरौंला ÷ कञ्चनपुरमा काटौंला
फुलै लाउँला केसरी ÷ खाउँला बेसरी !

एउटा बसभरि मरिकुच्च साहित्यकारहरु २०७० को माघ ६ गतेको धनगढीमा आयोजित प्रश्रित प्रतिष्ठानको कार्यव्रmम भ्याउन जाँदै थियौं । गाडीको गति मन्द थियो । हामी जति बजे जहाँ पुगिन्छ भन्ठान्थ्यौं त्यहाँ त्यति बजे भन्दा एक घण्टा, डेढ घण्टा ढिलो हुँदै दुईतीन घण्टाको ढिलोमा लाग्न खोज्दै थियौं । बिहान चितवनबाट हिडेको बसमा डा.बालकृष्ण थापा, प्रा.डा. जीवेन्द्रदेव गिरी थपिनु भयो र भैरहवामा अरु स्रष्टाहरु थपिएर बस हो कि मौरीको घार हो जस्तो भयो । यो घारमा रानु भनिन लायकका चूडामणि रेग्मी, डा.बालकृष्ण थापा, प्रा.डा. कपिल लामिछाने, प्रा.डा. जीवेन्द्र गिरीहरुको उपस्थितिले हामी सबैको गौरव अझ बढाएको थियो ।

गाडी ढिलो होस्, जे होस् ! हामी आफूआफू उज्याला थियौं, फूर्ति हामी सबैमा थियो । त्यसैले बसभित्रै गोष्ठी चल्दै थियो । कोही आफ्नो पालोमा छन्दमा कविता सुनाउने, कोही गद्य कवितामै स्रोतालाई जुरुक्क जुरुक्क उठाउने । कोही गीत गाउने । यसरी यात्रा बढ्दै गर्दा प्रा.डा. जीवेन्द्रदेव गिरीले एउटा त्यही बस कुद्दै गरेका ठाउँ दाङ, बाँके, वर्दिया तिरकै थारुहरुको गीत गाएर सुनाउनु भयो–
हा हा भनन ! साथी हा हा भनन !
हलीको टाउको चीलले लग्यो हा हा भनन !
यो गीतलाई स्रोताहरुको अनुरोधमा उहाँले थारु भाषामै
हा हा कहो ना ! गोची हा हा कहो ना !
कमैयाक् मुरी चिलरीया ले गइल् हा हा कहो ना !
जोतना हम्रा निमैना हम्रा मोज से वैठना वो,
गाली वो धम्की चुटै व पिटै पहिना हम्रा वो,
गोची पहिना हम्रा वो !
हा हा कहो ना….”

सुनाइ सकेपछि सञ्चालकले बोलाउने पालो नपर्खीकन आफ्नो सिटबाट उठेर डा.बालकृष्ण थापा गीत–कविता वाचन गर्ने ठाउँ बसको ढोकाछेउ पुग्नुभयो र माथिको गीत सुनाउनु भयो । उहाँको गीत गाउँदाको प्रस्तुति, शब्दको उच्चारण तथा वडी ल्याङ्वेजले ‘रिङ्केबुङको राँगो’सँगको आव्रmोस, ‘चुङ्केबुङको चुलेंसी’ले काट्ताको आनन्द र बेस्सरी खाँदाको मजा व्यक्ताएको दृश्य हेर्न लायक थियो ।

आज यो स्मरण लेख्न बसेका बेलामा त्यो माथि वर्णित दृश्य र धनगढीमा भएको कार्यव्रmममा डा.बालकृष्ण थापाको प्रमुख आतिथ्यता, त्यहाँ उहाँले दिनुभएको मन्तव्य मेरो मनमा दोहोरिइ रहेका छन् । त्यो यात्राभरि जहाँ हामी एक छिन अडिन्थ्यौं, उहाँ त्यतिबेला अनसनमा बसेका डा.गोबिन्द केसीको समर्थनमा एक पल्ट थपडी बजाउन लगाउनु हुन्थ्यो र अनि आफ्ना कुरा भन्नुहुन्थ्यो ।

नेपाली जनताको वास्तविक स्थिति बुझेका, निम्न वर्गको अवस्थाप्रति पूर्णतया सचेत डा.बालकृष्ण थापा मुलुकभर अन्य सबै जसो डाक्टरहरुभन्दा भिन्न हुनुहुन्थ्यो । आज यहाँ ‘हुनुहुन्थ्यो’ लेख्नु पर्दा मेरो कलम भक्कानिइ रहेको छ । मैले २०२४ सालमा एसएलसी परीक्षा पास गरेको हुँ । त्यतिबेला परीक्षा माघ २ गतेबाट सुरु भएर त्यस्तै १० गतेतिर सिद्धिन्थ्यो । मैले परीक्षा दिइसकेपछि माघ १४ गते बिहीवारका दिन जन्मेको त्यस्तो जनताको स्वास्थ्यप्रति समर्पित व्यक्ति वारे आज मैले ‘हुनुहुन्थ्यो’ लेख्नु कति दुःखको कुरा हो !

ललितपुर अल्का अस्पतालका डा.सुमन थापा भन्छन्– “पैसा तिर्न नसक्नेलाई सित्तैमा पनि उपचार गरिदिनु हुन्थ्यो ।” अर्को उहाँका सहयात्री डा. विनय ठाकुर भन्छन्– “क्यान्सरको ट्यूमर सम्बन्धी शल्यचिकित्सामा उच्च स्थानमा गणना गरिने सिप भएका चिकित्सकमध्ये उहाँ पर्नुहुन्थ्यो । एकदम जटिल किसिमको शल्यव्रिmया पनि सामान्य किसिमले गर्नुहुन्थ्यो ।” सर्जन भईकन पनि विरामीसँग कुरा गरेर उनीहरुको मन हल्का गराइ दिने बानीका कारण उनलाई विरामीले सारै मन पराउँथे ।

भरतपुरमा ४ वर्ष सँगै काम गरेका डा विनोद भट्टराई भन्छन्– “डा. बालकृष्ण थापा न्यूरोसर्जन भई नेपाल आउँदा नेपालभर ४÷५ जना मात्र यस्ता न्यूरोसर्जन थिए । नेपालमा मात्र होइन, विदेशमा पनि राम्रा राम्रा अवसर थिए, तर उहाँले जनतालाई सेवा दिन नेपालमा पनि अझ मोफसलमा जाने सोच गर्नुभयो । यो उहाँको ठुलो त्याग र आँट हो ।”

डा.बालकृष्ण थापाको जन्म काभ्रेको कुसादेवी – ३, थापागाउँमा बुबा गम्भीरध्वज थापा र आमा सरस्वती थापाको सुपुत्रको रुपमा भएको हो र उहाँले त्यहींको कुसादेवी माध्यमिक विद्यालयबाट एसएलसी प्रथम श्रेणिमा पास गर्नुभएको हो । पढ्नमा उहाँको जेहन्दारी त उहाँले यो मात्र होइन पछि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा एमबीबीएस पढ्दा झन् देखाउनु भयो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जागेश्वर गौतम भन्नुहुन्छ– “उहाँले इन्स्टिच्यूट अफ मेडिसिनका रेकर्ड नै तोड्नुभएको छ ।”

हुन पनि उहाँ नै चिकित्सा क्षेत्रमा एक मात्र यस्तो विद्यार्थी हुनुभयो जसले एमबीबीएस उत्तीर्ण गर्दा त्यस बेलाका दस मध्ये आठ वटा गोल्ड मेडल हात पार्नुभयो । उहाँले २०५१ मा एमबीबीएस पास गर्दा नेपाल प्रथम बन्नुभयो । उहाँको उन्नति यतिमा टुङ्गिएन, बङ्लादेशको ढाकास्थित शेखमुजिबुर मेडिकल युनिभर्सिटीमा न्यूरोसर्जरीमा एमएस गर्दा आफ्नो समूहका परीक्षार्थीमध्ये सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण गर्नुभयो । “गिनिज बुकमै नाम समावेश गर्ने खालको रेकर्डमाथि रेकर्ड” भन्छन् डा.सुमनराज ताम्राकार ।

डा. सुमनराज अझ भन्छन्– “हामी गुरुलाई चिन्छौं, प्रोफेसरलाई चिन्छौं तर बालकृष्ण थापा जस्तो उत्तर पुस्तिकामा लेखेको उत्तरले, अनि मौखिक परीक्षामा दिएको मौलिक उत्तरले अनि इन्टर्नसिपका व्रmममा विरामीलाई पु¥याएको सेवाले गुरुवर्गको मनमश्तिष्कमा छाप छोड्नु चाहिँ चानचुने कुरा होइन । प्रोफेसरले चिन्न चाहने, आफ्नो युनिटमा काम गराउन चाहने विद्यार्थी थिए उनी । ‘ही इज द स्मार्ट पर्सन वीद ब्रेन’ ।”

डा.बालकृष्ण थापा एउटा विशिष्ट धातुले बनेको व्यक्ति हुनुहुन्थ्यो । उहाँ कुनै व्यक्तिको रोग निको पार्न चाहिने ३ थेरापीको चर्चा गर्नुहुन्थ्यो– क) हिरोइक थेरापी, ख) साइको थेरापी र ग) इकोनोमिक थेरापी । उहाँ चिकित्सा विज्ञानले दिने थेरापीहरु फिजियो थेरापी, रेडियो थेरापी, केमो थेरापी आदिलाई समष्टि गरेर हिरोइक थेरापी भन्नुहुन्थ्यो, विरामीलाई निको हुने विश्वास दिलाउने र निडर बनाउन डाक्टरले विरामीसँग गर्ने परामर्शलाई साइको थेरापी भन्नुहुन्थ्यो । तेस्रो इकोनोमिक थेरापी भनेको चाहिँ उपचारमा लाग्ने खर्चको कुरा हो । यसको जिम्मा राज्यको हो, सरकारको हो, सरकारले सबै नागरिकको उपचारको आर्थिक दायित्वको भार बहन गर्नु पर्छ भन्नुहुन्थ्यो ।

यस्तो सोच भएका जनपक्षीय चिकित्सक कति जना होलान् देशमा ? तर दुर्भाग्य मलाई उनन्तीस फागुन बिहानैको कृष्ण सुवेदी निराकारजीको फोन अहिले पनि कानमा अप्रिय भएर गुञ्जिई रहेको छ । उहाँले मलाई सोध्नुभयो– “चितवनतिरको नराम्रो खवर त सुनि सक्नु भयो होला !”

“अहँ ऽ! सुनेको छैन !” मैले भनें । मेरो मनमा चितवनका साहित्यिक मित्रहरु डिआर पोखरेल, हरिहर खनाल, नमूना शर्मा, सरीता तिवारी, रणेन्द्र बराइली, रविकिरण निर्जीव आदिका अनुहारहरु आए । मेरो मनले धेरै कुरा खेलाउन नपाईकन उहाँले खुलासा गर्नु भयो– “डा.बालकृष्ण थापा हिजोको हवाइ दुर्घटनामा परेर बित्नुभयो अरे !”

मेरो शरीर एक्कासि चिसो भयो । मन तुरुन्तै त्यो साहित्यिक सद्भाव यात्रामा दौडियो । धनगढी पुग्यो । धनगढीको कार्यव्रmममा उहाँले वाचन गर्नुभएको कविता, उहाँले बोल्नुभएका कुराहरु “… दिने आखिर दिई नै रहन्छ जति नै गरिब भए पनि, माग्ने आखिर मागि नै रहन्छ जति नै धनी भए पनि … … क्यान्सर त इल्यूजन मात्र हो, योसँग डराउनु पर्दैन । मान्छेहरु क्यान्सरलाई ‘टाइम बम’ भन्छन्, तर म भन्छु यो ‘टाइम’ मात्र हो । समयमा थाहा पाइयो भने क्यान्सरले केही लछार्पाटो लाउँदैन …”

सम्झनामा आयो । फेरि सुरुङ्गामा पनि आयो मन र त्यहाँ उहाँले प्रमुख अतिथिको हैसियतले प्रदान गरेको सम्मानपत्र ग्रहण गर्दाको दृश्य पनि सम्झनामा आयो । मन कति छिटो बिजुली गतिमा केके सम्झिन्छ, कहाँकहाँ कति कति पुनर्यात्रा गर्छ ! हामीले सुरुङ्गामा उहाँसँग ‘झापामा एउटा स्वास्थ्य शिविरको आयोजना गर्ने र उहाँलाई उपस्थितिका लागि अनुरोध गर्ने आग्रह गरेको’, उहाँले बडो खुसीसँग “मैले त्यस्तै चाहेको हो ! जनताको घरदैलोमा गएर सेवा गर्न पाउँदा कति खुसी लाग्छ !” भन्नुभएको पनि सम्झना आयो ।

थुइया !!! लत्र्याँस्स भएँ म । त्यस्तो सरल जनताको डाक्टर ! म शोकग्रस्त बनें । कृष्णजीसँग केके कुरा भए त्यसपछि मैले बिर्सिएँ ।

डाक्टर थापा कवि पनि हुन्, कलाकार पनि हुन् । खेलप्रति पनि रुचि लिने व्यक्ति हुन् । चितवनका प्रशिद्ध साहित्यकार डीआर पोखरेल भन्छन्– “२०५९मा डाक्टर थापा आउनुभयो चितवन । उहाँसँग जानपहिचान भएको केही समयपछि उहाँले एउटा कविता सङ्ग्रह लोकार्पण गर्ने इच्छा गर्नु भयो । म त्यसबेला ‘साहित्य संगम’को अध्यक्ष थिएँ । मैले उहाँको त्यो उहाँको कविता सङ्ग्रह ‘डाक्टरी कविता’को लोकार्पणको कार्यव्रmम अस्पतालकै सभाकक्षमा आयोजना गराएँ । कार्यव्रmम भव्यतापूर्वक भयो । हालसम्म उहाँका दुई वटा कविता सङ्ग्रह र एउटा निबन्ध सङ्ग्रह प्रकाशित भएका छन् । साहित्यमा उहाँको रुचि असाध्यै थियो ।

एक श्रीमती, एक छोरी इरादा थापा र एक छोरा सङ्घर्ष थापा छन् उहाँका । न्यूरोसर्जरीका वारेमा बिभिन्न सभा, गोष्ठी, सम्मेलनमा सहभागी हुने र आफ्नो ज्ञानलाई अद्यावधिक गराइ रहने डा.थापाको विशेषता नै हो । गएको साल उहाँ पाकिस्तान जानु भएको थियो । यसपल्ट पनि उहाँ त्यसै सन्दर्भमा बङ्लादेशको ढाकामा एउटा कार्यशालामा सहभागी भएर फर्कँदै हुनुहुन्थ्यो । त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा विमान अवतरण हुनै लाग्दा यही २०७४ फागुन २८ गते अपरान्ह दुर्घटना भएर ५१ जना मानवहरुसँगै उहाँ एक कुशल डाक्टर, एक जनप्रेमी डाक्टर, एक जना जनपक्षीय डाक्टर–कविको निधन भयो ।

यस घडी म उहाँको निधनबाट शोकग्रस्त बन्नुभएकी उहाँकी पत्नी, उहाँका छोराछोरी, शोकग्रस्त थापा परिवार, सम्पूर्ण चितवनवासी उहाँको उपचारबाट बञ्चित हुनुपर्दा दुःखित बन्धुवान्धव तथा सम्पूर्ण मुलुकवासीमा शोक सहन हार्दिक समवेदना व्यक्त गर्दै स्वर्गीय डा. बालकृष्णमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: