हावापानीले स्मार्ट कृषि फर्ममा ३० लाखको क्षति

  प्रकाशित मिति
६ कार्तिक २०७८, शनिबार १०:१३


मेचीनगर, ६ कात्तिक । केही दिनदेखि आएको हावाहुरी सहितको पानीले मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फर्ममा पनि क्षति पुर्याएको छ ।
स्थानीय पाँच जना युवाहरुले मिलेर कालिका स्कुलको २० विगाहा जग्गा लिजमा लिएर कृषि फर्म सञ्चालन गरिरहेका थिए ।

२० विगाहा मध्ये १४ विगाहा १० कठ्ठा जग्गामा सञ्चालन गरेको धान, खोर्सानी, जडिबुटि, काक्रा, लउका, फर्सी लगायतका तरकारी खेतीमा क्षति पुगेको हो ।

सञ्चालक हरि नेपालका अनुसार ९ विगाहा जग्गामा लगाईएको धान, १ विगाहामा लगाएको काक्रा, १० कठ्ठामा लगाएको अकबरे खोर्सानी, १ विगाहामा लगाएको तामा रोजा जडिबुटिमा हावाहुरीसहितको पानीले क्षति पुगेको छ ।

त्यस्तै १ विगाहामा लगाएको लउका, ७ वटा टनेलमा लगाईएको तयारी अवस्थाको भेडे खोर्सानी, १ विगाहामा पिरो खार्सानी र १ विगाहा जग्गामा लगाएको तयारी फर्सीमा समेत क्षति पुगेको उनको भनाइ छ ।

स्थानीय सरकारका जनप्रतिनिधि र कृषि ज्ञान केन्द्रका कर्मचारीहरुले कृषि फर्ममा भएको क्षतिको अनुगमन गरिसकेको छ ।

हावाहुरीसहितको पानीले कृषि फर्ममा करिव ३० लाख रुपैयाँको क्षति पुगेको सञ्चालकहरुको दावी छ । कृषि फर्ममा सञ्चालकहरु हरि नेपाल, विनोद चुडाल, नरेन्द्र खतिवडा, लेखनाथ आचार्य र मोहन राउत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: